दिदीबहिनी समाज भिक्टोरियाले अन्तर्राष्ट्रिय महिला दिवस गत शुक्रबार ११ मार्चमा एक बिशेष कार्यक्रम गर्दै भवय रुपमा मनाएको छ। मेल्बर्नको उत्तर क्षेत्रमा रहेको ग्लेनरोय युनिइटिङ चर्चमा आयोजना गरिएको कार्यक्रममा समुदाय र व्यवसायका स्थानीय महिला नेतृत्वहरु, विभिन्न सामुदायिक संस्थाका पदाधिकारीहरूका साथै नेपाली महिला उद्यमीहरूको उपस्थिती रहेको थियो।
कार्यक्रमहरूमा महिला दिदीबहिनीहरुले आफ्ना अनुभवहरू साटासाट गर्नु भएको थियो भने केही दिदीबहिनीहरुले आफ्ना अविश्वसनीय कथाहरू साट्नु भएको थियो।
सो अवसर पारेर मेल्बर्नमा बसोबास गरेका केही उद्दमी दिदीबहिनीहरुले आफ्नो सीप,कौसलहरू साझा गर्दै प्रदर्शनी गर्नु भएको थियो जसले महिलाहरूको जीवनमा सकारात्मक प्रभाव पार्ने र लैङ्गिक-समान समाजलाई प्रवर्द्धन गर्न प्रतिबद्ध गर्ने कुरालाई अभिप्रेति गरिएको थियो।
भिक्टोरिया राज्यको लागि लेबर पार्टीका तर्फबाट सांसद उम्मेदवार क्याथलिन म्याथ्युज वार्ड, लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठ, गैर आवासिय नेपाली संघ अस्ट्रेलियाका भिक्टोरिया राज्य संयोजक हरी खड्का, नेपाललाई लामो समयदेखि सहयोग गर्दै आएका ग्राहेम केण्ट, भिक्टोरियाका लागि नेपाली अबैतनिक महाबाणिज्यदूत चन्द्र योन्जन, काउन्सिलर सु बोल्टन, विभुषण जोशी, ओएनएफ भिक्टोरीयाबाट द्रोण पन्त, एएनपिएलबाट निराजन गौली, एमेजिङ प्यारोन्ट्सकी अध्यक्ष सङ्गिता तिमील्सिना , फेन्काबाट बम योन्जन, दिदीबहिनी समाजकी सल्लाहाकार लक्ष्मी योन्जन, नेपाल नेबरहुडकी अध्यक्ष अमृता गुरुङ, संस्कृति कला र भाषाबाट लेखनाथ अधिकारी आदिको उपस्थिति रहेको सो कार्यक्रममा क्याथलिन म्याथ्युज, चन्द्र योन्जन, ग्राहेम केण्ट, ब्रम्हकुमारीका तर्फबाट मोटिभेशनल स्पिकर आयुशी कार्कीले मन्तब्य दिएका थिए ।
कार्यक्रमको मुख्य उद्देश्य विगत दशकहरूमा महिलाहरूले हासिल गरेका उपलब्धिहरूको प्रशंसा गर्ने र समान भविष्य सिर्जना गर्ने कार्यहरूलाई उत्सव मनाउने र हाइलाइट गर्ने उद्देश्य राखेको थियो।
कार्यक्रमका मुख्य आकर्षणहरूमा पुस्तक लेखन परियोजनाको शुभारम्भ रहेको थियो। महिला दिवसको विशेष अवसर पारेर समाजले पुस्तक लेखन परियोजना ‘नेपाली महिलाको लचकताको कथा’ सुरुवात गरेको छ। अष्ट्रेलियामा रहेका नेपाली आप्रवासी महिलाहरूको प्रतिकूलता, लचिलोपन र बृद्धिको अन्तरंग कथाहरू सङ्कलन र साझा गर्ने उद्देश्य राखेको पुस्तक निकालिने आयोजकले जनाएको छ।सो दिन भने पुस्तकको बाहिरी आबरणको बिमोचन गरिएको थियो।
त्यस्तै नारी दिवशको अवसर पारेर नेपाली महिला उद्यमीहरूको प्रदर्शनी समेत आयोजना गरेको थियो।जीवन्त र ऊर्जावान नेपाली महिला उद्यमीहरूलाई कार्यक्रममा विधिवत आमन्त्रित गरिएको थियो। नेपाली महिला उद्यमी परियोजनाको संयोजक दिदीबहिनी समाज पश्चिम एकाइ समितिकी संयोजक समेत रहनु भएकी रोशनी श्रेष्ठले गर्नु भएको थियो। महिला उद्दमीहरुले आफ्नो व्यवसायको संक्षिप्त परिचय दिदै आफ्ना उपलब्धिहरू साझा गरेका थिए। सो अवसरमा उद्यमीहरूले आफ्नो व्यबसायको प्रदर्शनी गक्नुका साथसाथै उनीहरूलाई नेपाली महिला उद्यमीहरूको रूपमा सबै बाधाहरू विरुद्ध आफ्ना कथाहरू साझा गर्ने अवसर प्रदान गरीएको थियो। सबै उद्यमीहरूले कथा साझा गर्दै झेल्नु पर्ने चुनौतीहरूको बाबजुद पनि आफ्नो बल, बिवेक, प्रतिरोध, कडा परिश्रम र समर्पणको लागि प्रशंसाको प्रतीकको रूपमा प्रमाणपत्र र उपहार भाउचर प्रदान गरिएको थियो।
महिला उद्यमीहरुमा राज श्रेष्ठ, सोनीराज भण्डारी, नीरा श्रीवास्तव, कृति महर्जन, शोभा रायमाझी, अनिता चित्रकार, मल्लिका शर्मा अर्याल, रञ्जु श्रेष्ठ र शर्मिला दाहालको उपस्थिती रहेको थियो।
कार्यक्रममा सपना निरौला पोखरेलले कविता वाचन गर्नु भएको थियो भने शर्मिला दाहालले स्वागत नृत्य प्रस्तुत गर्नु भएको थियो। दिदीबहिनी समाज एन्ट्री युनिट संयोजक रोशनी श्रेष्ठको नृत्य संयोजनमा रोशनी श्रेष्ठ, बेन्जु ज्ञवाली, प्रभा श्रेष्ठ, वर्षा केसी राजभण्डारी, राज श्रेष्ठ, बबिता सुवेदी, रोजी पौडेल, दुर्गा सापकोटा, शीला भट्ट, स्मृति केसीले नृत्य प्रस्तुत गर्नु भएको थियो भने क्रेगीवन समुहबाट शोभा पौडेल, मनिषा पौडेल, पार्वती पहारी, सपना पोखरेल, रमा ढकाल, प्रतिक्षा भट्टराईको समुहले नृत्य प्रस्तुत गरेको थियो।
त्यस्तै नमुना भट्टराई लम्सालद्धारा कोरियोग्राफी गरिएको मोरल्याण्ड समूहबाट जमुना पराजुली, कमला चालिसे, शोभा लम्साल, रीता चौलागाई, दुर्गा पराजुली, नमुना भट्टराई, अनिता भण्डारी, अञ्जना नेपालको समुहले नृत्य प्रस्तुत गरेका थिए। उक्त कार्यक्रममा समाजकी कार्य समिती सदस्य एबं WPHU/IPC का बाइकल्चरल इन्क्लुजन अफिसर बर्षा केसी राजाभण्डारीद्धारा १५० र्याट किट्स र ६०० भन्दा बढी पुन: प्रयोग गर्न मिल्ने N-95 मास्क बितरण गरिएको थियो ।