eNepal

कन्डेल कन्सल्टेन्सी कप भोलीबाट शुरु, ३३ टिम भिड्दै, नकआउटबाट प्रत्येक गोललाई सय डलर

कन्डेल कन्सल्टेन्सीको मुख्य प्रायोजन अनि यती फुटबल क्लव मेल्बोर्नको आयोजनामा मेल्बोर्नको डेरवीन ईन्टर्नेश्नल स्पोर्ट्स सेन्टरमा भोली १२ मार्च र  १३ मार्चमा एघारौं कन्डेल कन्सल्टेन्सी कप आयोजना हुँदैछ।

मेल्बोर्न, सिड्नी, क्यानबेरा, टास्मानिया र एडीलेडबाट गरेर खुल्ला उमेर समुहमा २४ टीम, फरएभर योङ्ग समुहमा ९ टीम गरेर जम्मा ३३ टीमबाट ६६० खेलाडीहरु यस पटक प्रतिस्पर्धा गर्दै छन्।

नगद एघार हजार एक सय एघार डलर राशी सहितको यो प्रतीयोगितालाई अस्ट्रेलीयाको नेपाली समुदायमा प्रतिस्ठित कपको रुपमा हेर्ने गरिएको छ। प्रतियोगिताका विजेताले उपाधिसँगै ट्रफी र ४५ सय डलर अष्ट्रेलियन डलर हात पार्ने छन् भने दोश्रो हुने टिमले ट्रफी मेडलको साथमा दुई हजार डलर प्राप्त गर्नेछन् । त्यस्तै नकआउटबाट प्रत्येक गोललाई सय डलर नगद दिइने आयोजकले जनाएको छ।

प्रतीयोगीतामा रास्ट्रिय टिमका खेलाडीका साथमा ए डिभीजन खेलेर आएका खेलाडीहरुको पनि सहभागी हुँदै छ।

खुल्ला उमेर समुह तर्फ सिड्नीबाट बेनी फुटबल क्लव, फेवा फुटबल क्लव, हिमालयन युथ क्लव, माछापुच्छ्रे फुटवल क्लव, पारा पार्क फुटवल क्लव, सगरमाथा फुटबल क्लव, सेन्ट जर्ज नेप्लिज क्लव, द राईजिङ गोर्खाज् र वेस्ट युनाईटेड फुटवल क्लवले सहभागीता जनाउँदै छन्।

मेल्बोर्नबाट क्रेगीबन ब्रिगेड फुटबल क्लव, रोयल फुटबल क्लव, रोयल वेस्टर्न फुटबल क्लव, हिमालय फुटवल क्लव, द हिमालयन टाईगर्स, युनाइटेड फुटबल क्लव, यती फुटबल क्लव रातो र यती फुटबल क्लव निलोले सहभागीता जनादैछन्। 

त्यसै गरि एडिलेडबाट एडीलेड ड्रागन फुटवल क्लव, एडीलेड ड्रागन स्पोर्टीङ क्लव, एडिलेड खुकुरी फुटबल क्लव र गिरीस इभेन्ट स्पोर्टीङ क्लवले सहभागीता जनाउने भएका छन् भने  टास्मानियाँबाट नेप्लिज फुटवल क्लव र क्यानबेराबाट क्यानबेरा नेप्लिज फुटवल क्लव र नेपाल युनाइटेड फुटवल क्लवले सहभागीता जनाउने भएका छन्।

पैतीस बर्ष माथी समुहको प्रतीस्पर्धाको लागि मेल्बोर्नबाट क्रेगीबन ब्रिगेड फुटबल क्लव, एभरेस्ट युनाइटेड फुटबल क्लव, फुटबल फर फन एण्ड फिटनेस र यती फुटबल क्लव, सिड्नीबाट बेनी फुटवल क्लव, हिमालयन युथ क्लव, माछापुच्छ्रे फुटबल क्लव र पारा पार्क फुटवल क्लवले सहभागीता जनाउने भएका छन्। त्यस्तै क्यानबेराबाट क्यानबेरा नेप्लिज फुटबल क्लव र एडीलेडबाट एडीलेड खुकुरी फुटवल क्लवले सहभागीता जनाउँदै छन्। 

बालबालीकाको लागि कृयाकलाप, लेडीज प्यानल्टी सुटआउट, भेट्रन्स फुटवल म्याच, ओपन क्रसबार च्यालेन्ज, एजुकेसन एण्ड माईग्रेसन र होम बाईङ एण्ड फाईनेन्सका छुट्टा छुट्टै सुचना स्टलहरु रहने छन् भने मेलबर्न भिक्ट्री सामुदायिक प्रशिक्षकहरूले १३ मार्च दिउँसो १ बजे बच्चाहरूको बिषेश क्लिनिक चलाउनेछन्।आयोजकका तर्फबाट सबै अभिभावकहरुलाई आफ्नो बच्चाहरुलाई सहभागीता जनाएर रमाइलो गराउन अनुरोध गरिएको छ।

Related posts

तेश्रो ग्रेस ईन्टरनेशनल तालबराही कप मेल्बर्न अल स्टार्सको पोल्टामा

Manoj Poudyal

दिदीबहिनी समाज सेपार्टन शाखाले तीज कार्यक्रम आयोजना गर्दै

Manoj Poudyal

मेल्बर्नमा पहिलो पटक बिधिपूर्बक जनैपूर्णिमा कार्यक्रम सम्पन्न

Manoj Poudyal

मेल्बर्नको हाम्रो कम्युनिटी बिधीवत् रुपमा सँस्थागत, प्रकाश अर्याल अध्यक्षमा चयन

Manoj Poudyal

न्याभको नयाँ कार्यसमितीले पायो पूर्णता

Manoj Poudyal

नेपाल फेस्टिबल मेल्वर्नमा नै मैले मेरो मायालाई भेटेको हुँः कन्दरा गायक विवेक श्रेष्ठ

Manoj Poudyal