eNepal

मेल्बर्नमा नेपाली सामुदायीक भवन बनाउन खरिद गरिएको जग्गामा पिपलको बोट रोपीयो

अस्ट्रेलीयाको भिक्टोरीया राज्यमा बस्ने नेपालीहरुको संस्था एएनएसीको अगुवाईमा मन्दिर र बौध्द गुम्बासहितको बहुसांस्कृतिक केन्द्र बनाउन मेलवर्न को उत्तर पश्चिमी भेग डिगर्स रेस्ट भन्ने ठाऊँमा १५ एकड (करिब ६०,७०० बर्ग मिटर  वा १२० रोपनी बराबर) जग्गामा नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) सँगको सहकार्यमा पिपलको बोट रोप्ने कार्य सम्पन्न भएको छ।

 

गत बुधबार एक कार्यक्रमको आयोजना गर्दै न्याभका अध्यक्ष राम गुरुङ र एएनएमसीका अध्यक्ष राजेश आचार्यले पिपलको वोट रोप्नु भएको थियो।सो कार्यक्रममा एएनएमसीका कार्यकारी सदस्यहरु लगाएत अन्य सँघसँस्थाका पदाधीकारीहरुको उपस्थिती थियो।

न्याभले यो बर्ष २५ औं रजत महत्सव मनाउने तयारीमा जुटेको छ। रजत जयन्तिको तयारी गरिरहँदा वर्तमान अध्यक्ष राम गुरुङ सहित कार्यसमितिका सदस्यहरु यस महत्सवलाई भव्य बनाउने प्रयासमा जुट्नु भएको छ।यहि अवसर पारेर न्याभले पिपलको बोट एएनएमसीको प्राङगणमा रोप्न लागेको हो।

हाल काउन्सिलबाट प्लानिङ परमिट एप्लिकेसन स्विकृतको प्रतिक्षामा रहेको अवस्था भएको नेपाली सामुदायीक भवन परिसर भित्र भव्य कार्यक्रम गरेर पिपलको बोट बिधीवत रोप्न नसकिए पनि निकट भविस्यमा भव्य कार्यक्रम आयोजना गर्ने न्याभका अध्यक्ष राम गरुङले बताउनु भयो।हाललाई सो पिपलको बोटको हेरचाह र स्याहार सम्भार आफु र आफ्नो परिवारले गर्ने समेत जानकारी गराउनु भयो। 

गुरुङले बताउनु भयो जव हामी बन्न लागेको सामुदायीक केन्द्र परिसरमा पुग्यौ त्यहाँको दृश्य अवलोकन गर्दै गर्दा आफ्नत्वको आभाष भएको धारणा व्यक्त गर्नु भयो।हामी सबै जुटेर एकअर्कालाई मन बचन र कर्मले साथ दिदै गयौ भने छिट्टैनै हामी नेपालीले गर्व गर्ने हाम्रो आफ्नो नेपाली सामुदायीक केन्द्र पाउन अव धेरै टाढा नरहेको बताउँदै यो हामी पुर्खा, हाम्रो र यहाँ हुर्किदै गरेको दोश्रो पुस्ताको लागि गौरवको बिषय रहेको बताउनु भयो।

त्यस्तै एएनएमसीका बर्तमान अध्यक्ष राजेश आचार्यले यस्ता कार्यहरुबाट आफ्नो कमिटीलाई अझै थप उर्जा मिल्ने र निकट भविस्यमा यसरीनै सबै संघ सँस्था र समुदाएबाट सहयोगको अपेक्षा राखेको बताउनु भयो। अहिलेसम्म एएनएमसीमा ११५० जनाले आजीवन सदस्यता लिइ सक्नु भएको यो परियोजनालाई समुदायका सदस्यहरूको सदैव सहयोग आवश्यक रहेको धारणा व्यक्त गर्नु भयो। उहाँले जोड्नु भयो यदि अहिलेसम्म एएनएमसीको सदस्य बन्नु भएको छैन भने सामुदायी केन्द्र भिक्टोरियन नेपालीहरूको सामूहिक प्रयास हो र हामी सबैले हाम्रो साझा सपना साकार पार्न हात मिलाउनुपर्छ।

पिपलको बोट न्याभका पूर्व अध्यक्ष दिपकराज पन्तले आफ्नो घरमा बिरुवा बनाएर राखेको बोट न्याभलाई प्रदान गर्नु भएको हो।

Related posts

तेश्रो ग्रेस ईन्टरनेशनल तालबराही कप मेल्बर्न अल स्टार्सको पोल्टामा

Manoj Poudyal

दिदीबहिनी समाज सेपार्टन शाखाले तीज कार्यक्रम आयोजना गर्दै

Manoj Poudyal

मेल्बर्नमा पहिलो पटक बिधिपूर्बक जनैपूर्णिमा कार्यक्रम सम्पन्न

Manoj Poudyal

मेल्बर्नको हाम्रो कम्युनिटी बिधीवत् रुपमा सँस्थागत, प्रकाश अर्याल अध्यक्षमा चयन

Manoj Poudyal

न्याभको नयाँ कार्यसमितीले पायो पूर्णता

Manoj Poudyal

नेपाल फेस्टिबल मेल्वर्नमा नै मैले मेरो मायालाई भेटेको हुँः कन्दरा गायक विवेक श्रेष्ठ

Manoj Poudyal