उच्च शिक्षा अध्ययनको शिलशिलामा अस्ट्रेलिया आएका एक नेपाली सिड्नीको अर्वनस्थित आफ्नै कोठामा मृत फेला परेको प्रहरीले जनाएको छ।
नेपाल घर बूढानीलकण्ठको गोलफुटारका सुजन बस्नेत वेन्टवर्थ इन्सिच्यूटमा उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया आएका थिए।
उनी ६ हप्ता अगाडी मात्रै उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया आएका थिए । तर कलेज समेत जान नपाई उनी मृत फेला परेको एनआरएनए न्यु साउथ वेल्सका संयोजक देव गुरुङले जानकारी दिए ।
जनवरी १७ मा उच्च शिक्षा अध्ययनको लागि नेपालबाट अस्ट्रेलिया आएका सुजनको शव अनुसन्धानकालागि प्रहरीले लिडकमस्थित शवगृहमा राखेको छ । उनको शवलाई नेपाल पठाउनका लागि सहयोग सकंलन अभियान थालिएको गुरुङले बताए ।
सुजनको शवलाई नेपाल पठाउन सहयोग संकलन सुरू गरीएको छ।तपाई पनि सहयोग गर्न इच्छुक हुनुहुन्छ भने यो लिङ्कमा क्लिक गर्नु होला।