दुइ महिना लामो १७औं न्याभ क्रिकेट प्रतीयोगिता अन्तत: समापन भएको छ। गएको आइतबार सिएच सुलीभान मेमोरियल पार्कमाभएको ग्रान्ड फाइनलमा रोयल राइनोज क्रिकेट क्लबलाई ४३ रन अन्तरले पराजित गर्दै ग्लोबल इन्टरफेस क्रिकेट क्लबले उपाधी जित्न सफल भएको हो।
ग्लोबल इन्टरफेस क्रिकेट क्लबले दिएको १२६ रनको लक्ष्यलाई पछ्याउँदै मैदानमा उत्रीएको रोयल राइनोज क्रिकेट क्लब १५ ओभरमा ८२ रनमा अलआउट भएको थियो।
ग्लोवल ईन्टरफेसका सरोज क्षेत्रीले व्याटिङ बाट पचास बलमा ३५ रन बनाउन सफल भए भने बलिङबाट ४ विकेट लिएर म्यान अफ दम्याच बन्न सफल भए। उता राईनोज क्रिकेट क्लवको तर्फबाट क्याप्टेन उत्सव पोखरेलले २९ बलमा २८ रनको योगदान दिन सफल भएभने बलीङबाट २ विकेट लिदै उत्कृष्ट बलरको उपाधी हात पारे ।
एक्सपर्ट सगरमाथा ब्लुजका आशिष जीसी, फारवेस्ट हन्टर्सका दिपेश विष्ट, माभेन क्रिकेट क्लबका सुदीप पौडेल क्रमशः उत्कृष्टकिपर, उत्कृष्ट फिल्डर र उत्कृष्ट खेलाडी घोषित भए।
सामुदायिक मूल्य, मान्यता र संस्कृति झल्काउने प्रतियोगिताको उत्कृष्ट अनुशासित टिम गुल्मी टाइगर्स क्रिकेट क्लब बन्न सफल भयोभने सर्वोत्कृष्ट डेब्यु टिमको अवार्ड एभरेष्ट लायनले प्राप्त गर्यो।
पुरस्कार वितरण मोरल्याण्ड काउन्सिलर एवम् सोसलिस्ट अलायन्स काउन्सिलर फर मोरल्याण्ड सु बोल्टन, एएनएमसीका अध्यक्षराजेश आचार्य, न्याभका सल्लाहकार तथा पूर्व अध्यक्ष बम योन्जन, ट्रेभर मोयल, एनआरएनए भिक्टोरीया संयोजक हरि खड्का लगाएतग्रेस ईन्टर्नेस्नल मेल्बर्नका निर्देशक दीपक आचार्य र प्रकाश रेग्मीले गर्नु भएको थियो।
पुरस्कार बितरण एवम् फाइनल सत्रको संचालन याकिन्द्र तिमिल्सेनाले गरेका थिए भने न्याभका उपाध्यक्ष एवम् प्रतियोगीताका संयोजकप्रेमराज उप्रेतीले प्रतियोगिताको विशेष महत्व औल्याउदै सबैलाई स्वागत तथा धन्यवाद ज्ञापन दिएका थिए ।
द ग्रेस इन्टरनेशनल एजुकेशन एण्ड माइग्रेसन सर्भिसेज मेल्बोर्नले मुख्य प्रायोजन गरेको १७ औं न्याभ कप ९ जनवरी देखी २७ फेब्रुअरीसम्म सन्चालन भएको थियो।
सामुदायिक सद्भावको लागि अस्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको प्रवर्द्धन गर्दै कोष जुटाउने उदेश्यका साथ न्याभले मेल्बोर्नमापहिलो पटक एनआरएनए, कन्सल्टेन्सी, रियलस्टेट, किराना पसल, स्वास्थ्यकर्मी, व्यवस्थापन व्यवसायी, कर एजेन्ट, होटल, ट्राभल रपर्यटन व्यवसायीहरू बिच खेल संचालन गरेको थियो।
न्याभ क्रिकेट टिम, इनोभेटिभ कम्युनिटी एण्ड बिजनेस लिडर क्रिकेट टिम, कम्युनिटी एजकेसनल एण्ड एडमिनीस्ट्रेटीभ स्टार्स क्रिकेटटीम, कम्युनिटी रियल स्टेट पायनियर्स क्रिकेट टिम र कम्युनिटी नोबेल उध्धमी क्रिकेट टीम, एनआरएनए भिक्टोरीया लाइन्स गरेर छटिमले सहभागीता जनाएका थिए।
न्याभ क्रिकेट टुर्नामेन्ट संयोजक तथा न्याभ उपाध्यक्ष प्रेम राज उप्रेतीले भिक्टोरीयावासी नेपालीहरुको आफ्नो पहिचान नेपालीसामुदायिक केन्द्र निर्माणका लागि यसरी बृहत् च्यारिटी म्याच आयोजना गर्न पाउँदा गर्व लागेको बताउनु भयो। साथै म्याच सफलबनाउनका लागि मुख्य भूमिका खेल्ने सहभागी संस्थाहरु, सामुदायिक अगुवा, प्रायोजक संस्था, स्वयंसेवक, संयोजक टिमका सदस्यहरुलगायत सम्पूर्णप्रति आभार व्यक्त गर्नुभएको थियो।
च्यारिटी म्याचको उपाधी भने इनोभेटीभ कम्युनिटी एण्ड बिजनेस लिडर क्रिकेट टिमले हात पार्न सफल रह्यो।