eNepal

रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धारका लागि उच्चस्तरीय समिति गठन

युक्रेनको युद्धबाट प्रभावित नेपालीहरुको उद्धार एवं सहयोगको लागि एक उच्चस्तरीय समिति गठन गरिएको छ । जर्मनीका लागि नेपाल राजदूत रामकाजी खड्काको अध्यक्षतामा रुस – युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धारको लागि उच्चस्तरीय समिति गठन गरिएको हो ।

समिति संयोजकमा गैर आवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसी (रुस), सदस्य सचिवमा डा. चिरन्जिवी खड्का (चेक रिपब्लिका), सदस्यहरुमा जीवन केसी (पोल्याण्ड), हरि बहादुर मल्ल (युक्रेन), शिव कुमार भुर्तेल (रुस), जय प्रसाद शिवाकोटी (स्लोभाकिया), नवराज पोखरेल (रोमानिया), सुरेन्द्र श्रेष्ठ (हङगेरी), यदुराम पन्थी (चेक रिपब्लिका), मिलन पन्त (जर्मनी) र प्रेस संयोजकमा चिरन शर्मा (यूके) रहनु भएको छ । 

यस्तै द्वन्द्व पिडितको लागि आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउनको लागि डा. बोधराज सुवेदीको संयोजकत्वमा एक उपसमिति समेत गठन गरिएको छ ।

जर्मनीका लागि नेपाली राजदुत खड्काले युक्रेन र रुसको द्वन्द्वबाट प्रभावित २२० जना नेपालीहरु दुतावासको सम्पर्कमा आएको जानकारी दिनुभयो । उहाँले ती नेपालीहरुलाई सहयोगको लागि दुतावासले नेपाली सरकार, स्थानिय संघसंस्थाहरुसँग समन्वय गरिरहेको बताउनु भयो ।

रुसको लागि कार्यवाहक नेपाली राजदुत सुशील घिमिरेले युक्रेनमा अप्ठ्यारोमा परेका नेपालीहरुको उद्धारको लागि दुतावास आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो । 

गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले युक्रेनमा रहेका नेपालीलाई सहयोग गर्ने बताउनु भयो ।

एनआरएनएले आयोजना गरेको एक मर्चुअल कार्यक्रममा बोल्दै गैर आवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा बद्री केसीले द्वन्द्वग्रस्त युक्रेनबाट नेपालीको उद्धार प्रक्रिया सुरु भइसकेको बताउँदै सीमा क्षेत्रमा १ दर्जनभन्दा बढी एनआरएनएका स्वयंसेवक परिचालन गरिएको बताउनु भयो ।

गैर आवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माले संचालन गर्नुभएको कार्यक्रममा गैर आवासीय नेपाली संघ युक्रेनका अध्यक्ष हरि मल्लले युक्रेनमा रहेका नेपालीहरुको अवस्थाको बारे जानकारी दिनुभयो ।

कार्यक्रममा विजया पाण्डे, जीवन केसी, सुरेन्द्र श्रेष्ठ, जया शिवाकोटी, नवराज पोखेरेल, आश्विन कुमार श्रेष्ठ, खगेन्द्र अधिकारी लगायतले आआफ्नो अनुभव सुनाउनु भएको थियो ।

अन्तरक्रियामा सीमा क्षेत्रमा थप स्वयंसेवक परिचालन गर्ने, नेपाल फर्किन चाहनेहरुको लागि हवाई टिकटको लागि समन्वयन गर्ने, सीमा क्षेत्रमा आएका नेपालीलाई खाना बस्नको व्यवस्था गर्ने, कानुनी परामर्शको लागि एनआरएनए राष्ट्रिय समिति परिचालन, उद्धारको लागि स्थानिय रुपमा संयन्त्र गठन गर्ने, स्वयंसेवकहरुको लागि आवश्यक परिचयपत्र प्रदान गर्ने, आर्थिक संकलन गर्ने जस्ता गतिविधि तत्काल अघि बढाउन उच्चस्तरीय समितिलाई आग्रह गरेको छ ।

हाल सम्म नेपाली दूतावास जर्मनी र एनआरएनएसँग ४ सय जना नेपालीहरु सम्पर्कमा आएका छन् ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

Manoj Poudyal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

Manoj Poudyal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

Manoj Poudyal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

Manoj Poudyal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349