यो घटना बास्तविक हो तर कोही प्रती लक्ष्क्षीत नगरिएको जानकारी गाउँदछौ।आजकाल अस्ट्रलीया आएको केटा भने पछि उसको आनीबानी,पारीवारीक पृष्ठभुमी, रहनसहन, कुलखान्दान केही नहेरी झ्वाट्ट हाम फाल्नेहरु प्रसस्तै छन्।मात्र फेसबुकमा लिभ ईन् अस्ट्रलीया लेखे पछि केटी साथीहरुको फ्रेन्ड रिक्वेस्ट पनि टन्नै आउन थाल्छ।थाहा हुन्न केटाको आचरण अनि बानी।झयाप्पै हाई लेखेर घर र थर सोधेको हुँदैन,प्रपोज गर्छन किनकी उ अहिले अस्ट्रेलीयामा छ।
घरमा कुरा आयो केटोको। केटो के गर्छ,कस्तो छ बानी अहँ सोधिन्न।सिधै केटो कहाँ छ।अस्ट्रेलीया छ भने पछि लगभग कुरो पक्कानै हुन्छ। तर केटो कुन भिषामा छ,सेटल भयो कि छैन।बिधार्थी भिषामा धेरै बर्ष बिताई सकेको छ कि छैन।यदि छ भने किन।अहँ गाँठी कुरो बुझ्दैनन्।ए अस्ट्रेलीया बस्ने केटा रे।फेरी उम्केला नि बिचार गरेस।
फेरी यसो भनेर सबै यस्तै भन्न खोजीएको हैन तर निर्णय गर्नु अगाडी धेरै कुराहरु चाँही सोच्नै पर्छ।
यो कथा एउटा युवाको हो।बिधार्थी भिषामा अस्ट्रेलीया आयो। आएका केही दिन महिनामा उसलाई धेरै साथीहरुको फेसबुकमा फ्रेन्ड रिक्वेस्ट आयो।उसले सोच्यो राम्रै साथीहरु होलान्।ठिकै छ नि भन्दै एसेप्ट गर्यो।एसेप्ट गरे पछि कुरा हुन थाल्यो म्यासेन्जरमा च्याट हुन थाल्यो।बिस्तारै भिडीयो च्याट हुन थाल्यो।कुनै निसङ्कोच बिना त्यो च्याटमा कामुकता,उच्छृङ्कल बढ्दै गयो।थाहा छैन के आशाले च्याट भएको हो।चिनेको तिन दिनमा त्यो पनि फेसबुकमा।सरर्वस्व देखाउन राजी हुन्छन्।कति सम्म एक अर्कामा आत्मबिस्वास।कुनै निसङ्कोच न लाज न डर।भोली त्यहि भिडीयो पब्लीकमा लिक भएमा यसको जवाफदेही को।एकछिनको रोमान्स र कामुकले आखिरी जिन्दगी कस्को बर्बाद हुन्छ ।
हामी किन भविस्य सोच्दैनौ।हुन त उमेरलाई दोष दिएर पन्सिन खोज्छौ।मर्दाङ्गीपन देखाउन भए पनि धेरै भन्दा धेरै पाट्नर बनाउन तत्पर हुन्छौ।अझ सोझै भन्दा आज पाट्नर भोली ब्रेकअप अनि त्यहि साँझ फेरी अर्को पाट्नर।अरुलाई देखाउने होडबाजीमा जे पनि गर्न लाचार हुन्छौ तर त्यहि लाचारीपन कुनै दिन प्रश्चाताप भएर जिन्दगी भरि एउटा नराम्रो खोट बनेर बस्ने कुरामा अहँ ध्याननै दिदैनौ।
फेरी प्वाक्क बोल्नु होला,कमन यार यो त आधुनीक युग हो।सेक्स त आजकाल कमन हो।अनि के अपरिचीत मान्छे जोसँग बोलेको दुई दिन भएको छैन, उसलाई आफ्नो गोप्य अङ्गको फोटो, भिडीयो पठाएर के तपाईले बुद्दीमानी काम गर्नु भयो त।अनि आफ्नो अहिलेको फ्रेस साथीलाई आफ्नो पुरानो पाट्नरको कथा सुनाउँदा केही असर पर्छ कि नै। कस्तो चरित्रको व्यक्ति रहेछ थाहा हुन्छ कि हुन्न।अनि तपाईसँग कस्तो व्यबहार गर्ला उसले।के जिन्दगी भनेको टाईम पास मात्र हो।यो किन बुझ्दैनौ कि आफ्नो ईज्जतमा लागेको सानो दागले कति सम्म दिर्घकालीन असर पर्छ।के आजकालको मायाँ प्रेममा नाङ्गिनै पर्छ।बिचार गर्नु होस्।बाँकी तपाईहरुको मर्जी।