eNepal

एघारौं कन्डेल कन्सल्टेन्सी कप १२ र १३ मार्चमा, ३४ टीमले प्रतिस्पर्धा गर्दै

कन्डेल कन्सल्टेन्सीको मुख्य प्रायोजन अनि यती फुटबल क्लव मेल्बोर्नको आयोजनामा मेल्बोर्नको डेरवीन ईन्टर्नेश्नल स्पोर्ट्स सेन्टरमा आगामी १२ मार्च र  १३ मार्चमा एघारौं कन्डेल कन्सल्टेन्सी कप हुने भएको छ।

खुल्ला उमेर समुहमा चौबीस टीम, फरएभर योङ्ग समुहमा १० टीम गरेर जम्मा ३४ टीमहरु यो प्रतीयोगितामा सहभागीता जनाउदै छन्। डेरवीन ईन्टर्नेश्नल स्पोर्ट्स सेन्टरको खेल मैदानमा दुई दिन सम्म हुने यस प्रतीयोगीतामा मेल्बोर्न, सिड्नी, क्यानबेरा, टास्मानिया र एडीलेडका टीमहरुले प्रतिस्पर्धा गर्ने छन्।

नगद एघार हजार एक सय एघार डलर राशी सहितको यो प्रतीयोगितालाई अस्ट्रेलीयाको नेपाली समुदायमा प्रतिस्ठित कपको रुपमा हेर्ने गरिएको छ। 

खुल्ला उमेर समुह तर्फ सिड्नीबाट बेनी फुटबल क्लव, फेवा फुटबल क्लव, हिमालयन युथ क्लव, माछापुच्छ्रे फुटवल क्लव, पारा पार्क फुटवल क्लव, सगरमाथा फुटबल क्लव, सेन्ट जर्ज नेप्लिज क्लव, द राईजिङ गोर्खाज् र वेस्ट युनाईटेड फुटवल क्लवले सहभागीता जनाउँदै छन्।

मेल्बोर्नबाट क्रेगीबन ब्रिगेड फुटबल क्लव, रोयल फुटबल क्लव, रोयल वेस्टर्न फुटबल क्लव, हिमालय फुटवल क्लव, द हिमालयन टाईगर्स, युनाइटेड फुटबल क्लव, यती फुटबल क्लव रातो र यती फुटबल क्लव निलोले सहभागीता जनादैछन्। 

त्यसै गरि एडिलेडबाट एडीलेड ड्रागन फुटवल क्लव, एडीलेड ड्रागन स्पोर्टीङ क्लव, एडिलेड खुकुरी फुटबल क्लव र गिरीस इभेन्ट स्पोर्टीङ क्लवले सहभागीता जनाउने भएका छन् भने  टास्मानियाँबाट नेप्लिज फुटवल क्लव र क्यानबेराबाट क्यानबेरा नेप्लिज फुटवल क्लव र नेपाल युनाइटेड फुटवल क्लवले सहभागीता जनाउने भएका छन्।

पैतीस बर्ष माथी समुहको प्रतीस्पर्धाको लागि मेल्बोर्नबाट क्रेगीबन ब्रिगेड फुटबल क्लव, एभरेस्ट युनाइटेड फुटबल क्लव, फुटबल फर फन एण्ड फिटनेस र यती फुटबल क्लव, सिड्नीबाट बेनी फुटवल क्लव, हिमालयन युथ क्लव, माछापुच्छ्रे फुटबल क्लव र पारा पार्क फुटवल क्लवले सहभागीता जनाउने भएका छन्। त्यस्तै क्यानबेराबाट क्यानबेरा नेप्लिज फुटबल क्लव र एडीलेडबाट एडीलेड खुकुरी फुटवल क्लवले सहभागीता जनाउँदै छन्। 

हिजो एक बिशेष कार्यक्रमका बिच एघारौ कन्डेल कन्सल्टेन्सी क्लवको ग्रुप ड्र गरिएको छ।म्याच कमिसनर सज्जन शर्माले सन्चालन गर्नु भएको समुह बिभाजन प्रक्रियाबाट ओपन एज तर्फको समुह ए बेनी एफसी, हिमालयन टाइगर, माछापुच्छ्रे एफसी, एडीलेड ड्रागन एफसी रहेका छन् भने समुह बीमा सगरमाथा एफसी, रोयल एफसी, वेस्ट युनाइटेड एफसी र नेपाल युनाइटेड एफसी परेका छन्। त्यस्तै समुह सीमा यती एफसी रातो, हिमलयन एफसी, हिमलयन युथ क्लव, नेप्लिज एफसीटी, समुह डीबाट द राइजीङ गोर्खाज, युनाइटेड एफसी, पारा पार्क एफसी, गिरीस इभेन्ट सकर क्लव रहेका छन्। समुह इमा सेन्ट जर्ज, क्रेगीवन ब्रीगेड, फेवा एफसी, एडीलेड ड्रागन रहेका छन् भने समुह एफमा यती एफसी निलो, रोयल वेस्ट्रन, एडीलेड वेस्टर्न, एडीलेड खुकुरी र क्यानबेरा नेप्लिज भिड्ने भएका छन्।

https://fb.watch/bqt9hwRUee/

३५ प्लस फरेभर योङ्गको समुह एमा माछापुच्छ्रे एफसी, फुटबल फर फन एण्ड फिटनेस, बेनी एफसी, एडीलेड खुकुरी एफसी र हिमालयन युथ क्लव रहेका छन् भने समुह बीमा यती एफसी, एभरेस्ट युनाटेड, क्यानबेरा नेप्लिज, क्रेगीवन ब्रीगेड र पारा पार्क एफसी रहेका छन्।

बालबालीकाको लागि कृयाकलाप, लेडीज प्यानल्टी सुटआउट, भेट्रन्स फुटवल म्याच, ओपन क्रसबार च्यालेन्ज, एजुकेसन एण्ड माईग्रेसन र होम बाईङ एण्ड फाईनेन्सका छुट्टा छुट्टै सुचना स्टलहरु रहने यस प्रतियोगितामा सबै खेलकुद प्रेमी भिक्टोरीया बासीहरुलाई सहभागीता जनाएर खेलाडीहरुलाई प्रोत्साहन र मनोबल बढाउन आयोजक यती फुटबलका प्रेसिडेन्ट राज शर्माले आग्रह गर्नु भएको छ। बिगत एक दशक देखी निरन्तर आयोजना गरीदै आएको अस्ट्रेलीयाको नेपाली समुदाएको बहुप्रतिक्षीत प्रतियोगितालाई यो स्थानसम्म पुर्याउने प्रायोजकहरु, क्लवहरु र खेलाडीहरु लगाएत एन्फा न्यु साउथवेल्स बिशेष धन्यबाद दिनु भएको छ।

Related posts

एक दिनको अवधिमा सम्रग नेपाललाई प्रतिनिधित्व गराउने महोत्सव हो नेपाल फेस्टिभल: ऋषि कँडेल

Manoj Poudyal

कला भिक्टोरीयाले रक्षा वन्धन एवम् जनै पुर्णिमा मनाउँदै

Manoj Poudyal

नेपाल फेस्टीभल पछिल्लो पुस्तालाई नेपाल चिनाउने एउटा उत्सवको रुपमा मान्छु -समाजसेवी बम योन्जन

Manoj Poudyal

समाज र समूदायको साथमा छौं भन्नका लागि यो निर्णय गरेका हौं-इन्द्र गुरुङ्ग ब्लूबेरी रियलस्टेट

Manoj Poudyal

प्रत्यक्ष दोहोरीको साथ मेल्बर्नमा रम्झम साँझ हुँदै

Manoj Poudyal

नेपाल फेस्टिबल मेल्वर्नको टास्कफोर्समा सबै अनुभवी व्यक्तिहरु हुनुहुन्छः सचिव गणेश कँडेल

Manoj Poudyal