अस्ट्रेलीयाको मेल्बर्नमा बस्दै आएकी अन्जु अधिकारीले नेपाली लोक दोहोरी गीत खोलीको पानीमा अभिनय गरेकि छिन्। प्रवीण सापकोटा र पार्वती भुजेलको स्वरमा रहेको यस गीतमा अन्जु अधिकारी र रमेश थापालाई देख्न सकिन्छ।
जिबी सुनारको शव्द तथा सङ्गीतमा रहेको खोलीको पानीलाई महेश बिक्रम पाण्डेले एरेन्ज गरेका छन् भने भिडीयोको निर्देशन निशान बानीयाँले गरेका छन्।अमर सुनारको कोरीयोग्राफी, प्रकाश खड्काको सिनेमाटोग्राफी रहेको भिडीयोको सम्पादन नवीन घर्ती मगरले गरेका छन्।
लामो समय देखी अस्ट्रेलियाको मेल्बर्न शहरमा बस्दै आयकी अन्जु अधिकारी स्वास्थ्य क्षेत्रमा कार्यरत छिन् भने साहित्य र सङ्गीत क्षेत्रमा पनि निकै रूचीकर छिन्। उनले गएको हरितालीका तिजको अवसर पारेर तिजको कोशेली “नाँचौ साथी हो” सार्वजनिक गरेकी थिइन्।