eNepal

सामुदायिक केन्द्रको सहयोगार्थ समुदाएको ऐकेबद्दता, न्याभ कपको फाइनल आउँदो आइतबार

१७औं न्याभ क्रिकेट टुर्नामेन्टको ग्रान्ड फाइनल आगामी आइतबार सिएच सुलीभान मेमोरियल पार्कमा मध्यान्न एक बजे हुने भएको छ।

गएको आइतबार ओभल १ मा भएको ग्लोवल इन्टर्फेस क्रिकेट क्लव र एक्सपर्ट सगरमाथा ब्लुज भएको सेमीफाइनल खेलमा ईएसबीले दुई विकेट गुमाएर दिएको १२८ रनको लक्ष्यलाई पछ्याउँदै ग्लोवल इन्टर्फेस क्रिकेट क्लवले फाइनलको यात्रा तय गर्न सफल भयो। अभिनाशले अविजित ५१ रन र ४० रन बनाए भने सरोजले अविजित १७ रन बनाए । अभिनाशले २ विकेट लिएका थिए। ईएसबीबाट आशिष र सुमितले क्रमशः २९ र ३६ गोल गरे ।खेलको म्यान अफ द म्याच अविनाश पौडेल बन्न सफल भए।

ओभल चारमा भएको द हिमालयन क्लव र रोयल राइनोज क्रिकेट क्लव बिच भएको अर्को सेमीफाइनल खेलमा द हिमालयन क्लवलाई रोयल राइनोज क्रिकेट क्लव ले ७ विकेटले जित्दै फाइनलको यात्रा तय गरेको छ। टीएचसीले दिएको १२५ रनको लक्ष्य पछ्याउन मोहनले अविजित ५२ र अनिशको ४६ रनको इनिङ्स बनाएका थिए।टीएचसीका लागि सन्दीप र सुचिलले २९ र १८ रनको योगदान दिए ।सुमन र उदयले १९ र १२ रन जोड्न सफल भए।निरज, युत्सव र निरजनले ३,२ र २ विकेट लिए जबकि उदयले द हिमालयन क्लवको लागि २ विकेट लिएका थिए।खेलको म्यान अफ द म्याच मोहनले पाउन सफल भए।

अस्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको प्रवर्द्धनको लागि च्यारीटी म्याच

सामुदायिक सद्भावको लागि अस्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको प्रवर्द्धन गर्ने उदेश्यका साथ मेल्बर्नका नेपाली व्यवसायी, बिभीन्न संघ संस्थाहरु र खेलाडीहरु सबैले ऐकेबद्धता जनाएका छन्।अष्ट्रेलियाको मेलबर्नमा जारी १७औं न्याभ क्रिकेट टुर्नामेन्टमा यो अबसर नेप्लिज एसोसीएसन अफ भिक्टोरीयाले जुराएको हो।

अस्ट्रेलियन नेप्लिज बहुसाँस्कृतीक केन्द्रको लागि कोष जुटाउन एकैसाथ यसरी सबै सँस्था र व्यवसायहरु सहभागीता जनाउन लागेको सम्भवत योनै पहिलो च्यारिटी खेल भएको न्याभका उपाध्यक्ष एवम् प्रतियोगीताका संयोजक प्रेमराज उप्रेतीले बताउनु हुन्छ।

गएको आइतबार फेब्रुअरी २२ मा भएको च्यारीटी खेलमा न्याभ, एनआरएनए, कन्सल्टेन्सी, रियलस्टेट, किराना पसल, स्वास्थ्यकर्मी, व्यवस्थापन व्यवसायी, कर एजेन्ट, होटल, ट्राभल र पर्यटन व्यवसायीहरू मैदानमा उत्रीएका छन्।

अस्ट्रेलियन नेप्लिज बहुसाँस्कृतीक केन्द्रको लागि कोष जुटाउन एकैसाथ यसरी सबै संघसँस्था,  व्यवसायी र खेलाडीहरु सहभागीता जनाउन लागेको सम्भवत योनै पहिलो च्यारिटी खेल हो।

न्याभ क्रिकेट टिम, इनोभेटिभ कम्युनिटी एण्ड बिजनेस लिडर क्रिकेट टिम, कम्युनिटी एजकेसनल एण्ड एडमिनीस्ट्रेटीभ स्टार्स क्रिकेट टीम, कम्युनिटी रियल स्टेट पायनियर्स क्रिकेट टिम र कम्युनिटी नोबेल उध्धमी क्रिकेट टीम, एनआरएनए भिक्टोरीया लाइन्स गरेर छ टिमले सहभागीता जनाएका थिए।

समुह ए अन्तर्गत इनोभेटिभ कम्युनिटी एण्ड बिजनेस लिडर क्रिकेट टिम र कम्युनिटी रियल स्टेट पायनियर्स क्रिकेट टिम बिच खेल भएको थियो। रियलस्टेटले ७२ रन पछ्याउँदै विमल केसी र दीपेन्द्रले २७ र १७ रन बनाए भने केशव खत्रीले अविजित १२ रन बनाउन सफल रहे। रियलस्टेटका लागि भुसन र तिलकले ४४ र १२ रन बनाए । हिमराज सुदीप र तिलकले एक–एक विकेट लिएका थिए।

दोश्रो खेल न्याभ क्रिकेट टिम र कम्युनिटी रियल स्टेट पायनियर्स क्रिकेट टिम बिच भएको थियो। ८३ रनको लक्ष्य पछ्याउँदै  कम्युनिटी रियल स्टेट पायनियर्स क्रिकेट टिम जित्न सफल भयो । रियलस्टेटका लागि बिमिलेशले ४१ रन बनाए भने सीतलले २ विकेट लिएका थिए।रियलस्टेटका लागि सुदीपले अविजित ५४ रन बनाए ।

अर्को खेल न्याभ क्रिकेट टिम र इनोभेटिभ कम्युनिटी एण्ड बिजनेस लिडर क्रिकेट टिम बिच भएको थियो। इनोभेटिभले विमल केसीको अविजित ७० रनको उत्कृष्ट इनिङ्समा १९.४ ओभरमा ८६ विकेट लिएको लक्ष्य पछ्याएको थियो भने न्याभका लागि प्रेम उप्रेतीले अविजित ६५ रन बनाएका थिए।

यो सँगै समुह एबाच रियलस्टेट र इनोभेटिभ सेमिफाइनलमा प्रवेश गरेका छन्।

यता समुह बीको पहिलो खेल एनआरएनए भिक्टोरीया लाइन्स र कम्युनिटी एजकेसनल एण्ड एडमिनीस्ट्रेटीभ स्टार्स क्रिकेट टीम बिच भएको थियो। एनआरएनएका तर्फबाच प्रकाश २२ रनको अविजित इनिङ्सको मद्दतमा ६ ओभरमा ५७ रन पछ्याउन सफल रह्यो ।

अर्को म्याचमा एनआरएनएले दिएको ६२ को लक्ष्य कम्युनिटी नोबेल उध्धमी क्रिकेट टीम ले पछ्याएको थिए । नोबेल उध्धमीका तर्फबाट शंकर सन्जय र रोशनले क्रमशः १२, १६ र २९ रन बनाउन सफल भए।

एनआरएनएका लागि प्रकाश र असिमले दुई विकेट लिए।

कम्युनिटी नोबेल उध्धमी क्रिकेट टीम र कम्युनिटी एजकेसनल एण्ड एडमिनीस्ट्रेटीभ स्टार्स क्रिकेट टीम भएको अर्को खेलमा कम्युनिटी एजकेसनल एण्ड एडमिनीस्ट्रेटीभ स्टार्स क्रिकेट टीमले १० ओभरमा ८१ रन मात्र जोडेपछि कम्युनिटी नोबेल उध्धमी क्रिकेट टीमले खेल एक रनले जित्यो ।

यो सँगै समुह बीबाट नोबेल उद्यमी र एनआरएनए सेमिफाइनलमा पुगेका छन् ।

च्यारिटी म्याचका सेमिफाइनल र फाइनल २७ फेब्रुअरी बिहान ९:३० मा सिएच सुलिभान मेमोरियल पार्कबाट सुरु हुनेछ।

समुदायको बृहत्तर हितका लागि आफ्नो ऐक्यबद्धता र प्रतिबद्धता दोहोर्‍याउन पहिलो पटक संघसँस्था र नेपाली व्यवसायीहरू यसरी जम्मा भएका हुन्।

 

Related posts

तेश्रो ग्रेस ईन्टरनेशनल तालबराही कप मेल्बर्न अल स्टार्सको पोल्टामा

Manoj Poudyal

दिदीबहिनी समाज सेपार्टन शाखाले तीज कार्यक्रम आयोजना गर्दै

Manoj Poudyal

मेल्बर्नमा पहिलो पटक बिधिपूर्बक जनैपूर्णिमा कार्यक्रम सम्पन्न

Manoj Poudyal

मेल्बर्नको हाम्रो कम्युनिटी बिधीवत् रुपमा सँस्थागत, प्रकाश अर्याल अध्यक्षमा चयन

Manoj Poudyal

न्याभको नयाँ कार्यसमितीले पायो पूर्णता

Manoj Poudyal

नेपाल फेस्टिबल मेल्वर्नमा नै मैले मेरो मायालाई भेटेको हुँः कन्दरा गायक विवेक श्रेष्ठ

Manoj Poudyal