eNepal

अस्ट्रेलीयाको मेल्बोर्नमा नेपाल पर्यटन प्रबर्द्धन साँझ सम्पन्न

अस्ट्रेलीयाको भिक्टोरीया राज्य अन्तर्गत मेल्बोर्नमा नेपालको पर्यटन प्रबर्द्दन गर्ने हेतुले नेपाल पर्यटन प्रबर्द्धन साँझ एक भव्य कार्यक्रमका बिच गत बुधबार यानिकी ३१ मे २०१७का दिन सम्पन्न भएको छ।नेपाली दुताबास क्यानबेरा र नेपाली अवैतनिक महाबाणीजय दुतको कार्यलय भिक्टोरियाको सँयुक्त प्रयासमा यो कार्यक्रम सम्पन्न भएको हो।मेल्बोर्नको बेल स्ट्रीट मन्त्र होटलमा भएको यस बिशेष कार्यक्रमलाई नेपाल पर्यटन बोर्ड र भिक्टोरीयामा रहेका बिभीन्न ट्राभल एन्ड टुर्सहरुले सहयोग गरेका थिए।

भिक्टोरीयामा रहेर नेपालको पर्यटन प्रबर्द्धनमा बिशेष भुमीका खेल्ने ट्राभल एजेन्टहरुलाई प्रोत्साहन गर्ने मुख्य हेतुले यो कार्यक्रम आयोजना गरिएको थियो।ट्राभल र एयरलायन्ससँग आबद्द महानुभावको बाक्लो उपस्थिती रहेको उक्त कार्यक्रम करिब चार घण्टासम्म चलेको थियो।कार्यक्रममा अस्ट्रेलीयन सरकारी पधाधिकारीहरु, राजनितीज्ञ, बिभीन्न देशका महाबाणिज्य दुत,काउन्सीलका पदाधीकारी लगायत समाजका अगुवाहरुको बाक्लो उपस्थिती रहेको थियो।

नेपाल र अस्ट्रेलीयन दुबै रास्ट्रीय गानबाट सुरुवात भएको कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी भिक्टोरीयाका लागि पर्यटन तथा साँस्कृतीक स्याडो मन्त्री हईडी भिक्टोरीया, नेपाली अवैतनिक महाबाणीजय दुत चन्द्र योन्जन र नेपाली राजदुताबास क्यान्बेराका प्रतिनीधी डिल्लीराम शर्माले सँयुक्त रुपमा पानसमा बत्तीमा बत्ती बालेर गर्नु भएको थियो।भिक्टोरीया स्थित ब्यबस्थापिका परिषदका अध्यक्ष बुश्र एटिकिन्सनको पनि उपस्थिती रहेको थियो।हरेक बर्ष महाँ बाणीजय दुतले आयोजना गर्ने पर्यटन साँझमा उपस्थिती हुन पाउँदा रमाईलो लाग्ने र यस कार्यक्रमले नेपालको पर्यटन सम्बन्धी अस्ट्रलियनहरुलाई जानकारी गराउन मद्दत गर्ने बताउनु भयो।कार्यक्रमलाई स्वागत सहचारी डिल्लीराम शर्माले २०१५ सालमा नेपालमा गएको महाभुकम्पको क्षतिबाट देश पुन: निर्माणमा फर्किसकेको र नेपाल अन्तराष्ट्रिय पर्यटकहरु भित्र्याउन आतुर रहेको बताउनुभएको थियो ।

त्यसैगरी कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघ ग्लोबलका अध्यक्ष एवं भूकम्पपछिको पुननिर्माणका लागि सहयोग जुटाउन नेपाल सरकारबाट नियुक्त विशेष दूत शेष घलेले तीन वर्षअघि नेपालमा गएको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त बनेको लाप्राक नमूना वस्ती निर्माणको प्रगतिबारे जानकारी गराउँदै अष्ट्रेलियावासीहरुलाई पनि यो पुन:निर्माणमा स्वयंसेवा गर्न आह्वान गर्नुभयो । उहाँले लाप्राक प्राकृतिक रुपले एकदमै सुन्दर ठाउँ भएको समेत जानकारी दिनुभयो ।

कार्यक्रमको प्रमुख अतिथि हेइडी भिक्टोरीयाले नेपाली खाना, रहनसहन, समूदायको एकता, सद्भाव र सांस्कृतिक विविधताले आफुलाई निकै आकर्षित गरेको बताउनुभयो भने अष्ट्रेलियाको विपक्षी दल लेबर पार्टीका प्रमुख बिल सोर्टनकी प्रतिनिधि जेनिफर याङ्गले यस्तो कार्यक्रमले एक आपसमा भाईचारा र सद्भाव अभिबृद्धी गर्ने र नेपाली समूदायले आफ्नो कला, संस्कृतिको संरक्षण गरेर उदाहरणीय कार्य गरेको भन्दै प्रशंसा व्यक्त गर्नुभयो ।

नेपाल पर्यटन बोर्डका प्रतिनिधि चिरञ्जीवी देवकोटाले बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपक जोशीले पर्यटन प्रबर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने भिक्टोरियास्थित संघसंस्था, व्यक्ति र समूदायलाई दिनुभएको सन्देश प्रस्तुत प्रस्तुत गर्नुभएको थियो। साथै उहाँले नेपालले आगामी सन् २०१८ लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउन लागेकोले थप सहयोग र सहकार्य अपेक्षा गरिएको समेत बताउनुभएको थियो ।

कार्यक्रमको सभापतित्व गरिरहेका भिक्टोरियाका लागि नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले विशेषगरी भिक्टोरियामा रहेको कुटनीतिक समूदाय, नेपाली ट्राभल एजेन्सीहरु, अष्ट्रेलियन ट्राभल एजेन्टहरु, नेपाल पर्यटन बोर्डका साथै नेपालमा उडान गरिरहेका विमान कम्पनीहरुको सहभागिताले कार्यक्रम अत्यन्त सफलतापूर्वक सम्पन्न भएकोमा प्रसन्नता व्यक्त गर्नुभयो । सुख दु:खमा सधै एकजुट भएर काम गर्ने गरेको भन्दै योञ्जनले नेपाली समूदायको खुलेर प्रशंसा गर्नुभयो । उहाँले कार्यक्रम सफल पार्न सहयोग गर्ने यहाँको मिडियाकर्मीहरु लगायत सबैलाई धन्यवाद दिनुभएको थियो ।

कार्यक्रममा एभरेस्ट भ्यु ट्राभल एन्ड टुर्स र बुद्ध ट्राभल्सको सँयुक्त प्रयासमा नेपालको पर्यटकीक स्थलहरुको भिडीयो देखाउँदै नेपाल किन घुम्न जाने भन्ने जानकारीमुलक डकुमेन्ट्री प्रदर्शन गरिएको थियो।त्यसै गरि पहिलो बिदेशी सगरमाथा आरोही एडमन्ड हिलेरीका नाती जर्ज हिलारी र हालसालै नेपाल भ्रमण गरेर आएका पर्यटक डेभीड म्याक्थुरले नेपालको प्रकृतीक सुन्दरता, कला अनि सँस्कृतीको मुक्तकण्ठले प्रशँसा गर्दै दृश्य सामाग्री प्रस्तत गरेका थिए।

नेपालबाट अष्ट्रेलिया आउनुभएका आचार्य गुरु कमल मोक्तान तामाङ्गले कार्यक्रममा गौतम बुद्धलाई सम्झदै शान्ति ध्वनी र मन्त्र जप्नु भएको थियो।बाल चौतारीका स–साना नानीहरुले कार्यक्रममा नेपाली र अष्ट्रेलियन राष्ट्रिय गाना गाउँदै नेपाली गीतमा नृत्य पनि गरेका थिए ।बिभीन्न नेपाली सँस्कृती झल्काउने नृत्यको साथमा चित्रकार ग्यालरीको नेपाल झल्काउने बिभीन्न चित्रहरु प्रवेशद्वार बाटै राखिएको थियो।

कार्यक्रमको अन्त्यमा बिभीन्न एयर लाएन्स, मेल्बोर्नका ट्राभल एन्ड टुर्सका प्रतीनिधीहरु, नेपाल भ्रमण गरेर फर्केका पर्यटकहरु, आईएन्जीयोका प्रतिनीधिहरु बिच राफल टिकटको आयोजना गरिएको थियो।बिजीनेस कार्डको छनोटको आधारमा पुरस्कार बितरण गरिएको थियो जसमा पहिलो पुरस्कार नेपाल पर्यटन बोर्डले ६ रात सात दिनको बस्ने खाने, घुम्ने व्यबस्था गरेको थियो भने दोश्रो पुरस्कार नेपालको दुबै आउने जाने हवाई टिकटको व्यबस्था रहेको थियो जसलाई एभरेस्ट ट्राभलले चाईना साउदन एयरलाईन्ससँग मिलेर दिएको थियो।

मेल्वर्नका विभिन्न नेपाली रेष्टुराँ, मोटल र होटल व्यवसायी , ट्राभल्स् टूरर्स तथा अन्य कन्सल्टेन्सिहरुले नेपालको प्याकेज र नेपाली खानाको डिनर अफरमा राखेका थिए । कार्यक्रममा सहभागीहरुले नेपालको आत्मीय सत्कारबाट अष्ट्रेलियनहरु प्रभावित रहेको र भूकम्प पछि अझ बढी पर्यटकलाई नेपालमा पठाउन सके यसले नेपालको अर्थतन्त्रमा समेत सहयोग गर्नसक्ने चर्चा गरेका थिए । नेपाली अवैतनिक महावाणिज्यदूत कार्यालय भिक्टोरियाले सन् २००८ देखि नेपाल पर्यटन प्रबद्र्धन साँझ हरेक वर्ष भव्यताको साथ मनाउँदै आएको छ ।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

Manoj Poudyal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349