eNepal

रोयल वेस्टर्न्स क्लबद्वारा आयोजित दोश्रो रास्ट्रव्यापी रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

अष्ट्रेलियामा तिन दिने रास्ट्रव्यापी रक्तदान कार्यक्रम सम्पन्न भएको छ। मेलबर्नमा क्रियाशील नेपालीहरुको संस्था रोयल वेस्टर्न्स क्लबको आयोजनामा रास्ट्रीयब्यापी रक्तदान कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको हो । रक्तदान कार्यक्रम जनवरी २६ तारीखदेखि शुरु भएको थियो। जसमा ४७ जनाको सहभागिता रह्यो। रक्तदानको लागि सहभागी मध्ये ३७ जनाले रक्तदान, १० जनाले प्लाज्मा दान गर्नुभयो। ६५ जनाले बुकिङ्ग गरेका मध्ये १४ जनाले भने स्वास्थमा समस्या आइपरेको कारणले आगामी दिनका लागि पुन: बुकिङ्ग गरेको र ४ जनाले आगामी हप्ता गर्न लागेको आयोजक संस्थाले जनाएको छ। 

रक्तदान गरेका मध्ये १८ जनाले आफ्नो जीवनमा पहिलो पटक रक्तदान गरेको बताउनुभयो भने सहभागी मध्ये डा. सन्देश पन्थले अष्ट्रेलियामा ६९ पटक र नेपाल, बङ्लादेशमा गरी आफूले जम्मा १३९ पटक रक्तदान गरिसकेको बताउनुभयो।  त्यसैगरी अर्का सहभागी रोशन उपाध्यायले अस्ट्रेलियामा ६० पटक रक्तदान गरिसकेको बताउनुभयो । निरन्तर रक्तदान गर्नुहुने डा पन्थ र उपाध्यायको अनुभव सुनाउँदै गर्दा सहभागीहरुलाई रक्तदानका लागि थप प्रेरणा मिलेको थियो। 

सहभागीहरुले रक्तदान जस्तो राम्रो काममा सहभागी हुन पाउँदा गर्व लागेको बताउँदै कार्यक्रम आयोजक संस्था रोयल वेस्टर्न्स क्लबलाई धन्यवाद दिनुभएको थियो। त्यसैगरी, सहभागीहरुले यो कार्यक्रमका कारण आफूहरुमा उत्साह थपिएको र आगामी दिनहरुमा पनि रक्तदानका लागि निरन्तर लागिपर्ने बताउनुभयो।

कार्यक्रममा अष्ट्रेलियन रेडक्रस लाइफब्लड, रिजनल पार्टनरशिपका ग्रुप एकाउन्ट म्यानेजर जेनेभिब डब्सनले नेपाली समुदायको प्रतिनिधित्व गर्दै रोयल वेस्टर्न्स क्लबले खेलकुदका साथसाथै आयोजना गरेको रक्तदान कार्यक्रमको मुक्त कण्ठले प्रशंसा गर्दै सम्पूर्ण सहभागी रक्तदाताहरु लगायत सहयोगी संस्थाहरु प्रति आभार प्रकट गर्नुभयो ।

आयोजक संस्था रोयल वेस्टर्न्स क्लबका सचिव तथा रक्तदान कार्यक्रमका संयोजक सुशील चालिसेले गत बर्षको पहिलो कार्यक्रम भब्य रुपमा सफल भए झैँ यस बर्षको दोश्रो रक्तदान कार्यक्रम पनि भब्य रुपमा सम्पन्न गर्नका लागि एनआरएनए भिक्टोरिया, नेपलिज एसोसिएसन अफ भिक्टोरिया, मेल्बोर्न नेपालीज कम्युनीटि वेस्ट, फेडेरेसन अफ नेपलिज कम्युनिटी एसोसिएसन अफ अस्ट्रेलिया लगायत मेलबर्नमा क्रियाशील नेपाली संघसंस्थाको सहयोगप्रति आभार व्यक्त गर्नुभयो।

संयोजक चालिसेले सहभागी सम्पूर्णलाई विशेष धन्यवाद दिंदै भन्नुभयो, “यति धेरै सहभागीहरुका बीच कार्यक्रम सम्पन्न भएकोमा एकदमै खुसी लागेको छ। रक्तदानको लागि साथीहरु थप उत्साहित हुनुभएको छ। आगामी कार्यक्रमका लागि समेत बुकिङ्गका लागि अनुरोध आइरहेको छ। जुन उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो, त्यो उद्देश्य पूरा हुँदा हामीलाई थप हौसला मिलेको छ “।

त्यस्तै, क्लबका अध्यक्ष बम योन्जनले सहभागी सम्पूर्ण रक्तदाता तथा लाइफ ब्लड डोनर सेन्टरलाई व्यवस्थित रूपमा संचालल गर्न सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो। यसका साथै उहाँले रक्तदान कार्यक्रम क्लबको सिग्नेचर प्रोग्राम बनिसकेकोले आगामी दिनहरूमा समेत यसलाई ब्यबस्थित रुपमा अगाडी बढाउने बताउनुभयो।

रक्तदान कार्यक्रममा बम योञ्जन, प्रविन कुमार, दर्शन रिजाल, राकेश सिङ्घ,डा. सन्देश पन्थ, प्रज्ञा गर्तौला पन्थ, राम गुरुङ, डा याकेंद्र तिमल्सिना, रोशन दाहाल, निरु त्रिपाठी, विवेक श्रेष्ठ, मोनिशा योञ्जन, एलिशा योञ्जन, सुबाश चन्द, प्रज्वल दाहाल, सतिश बज्राचार्य, संदेश चिल्वाल, धुर्ब अधिकारी, एस लम न, केदार सापकोटा, सुबित अधिकारी, सुशान्त ओली, कौशिक बस्नेत, इश्वरी पौडेल, अंकिता प्याकुरेल, सुमन ढुंगाना, सुरज लामीछाने, केशब पन्त, बिनोद दाहाल, तिर्थ नहर्की, केशब प्याकुरेल, सुजन कोजु, रोशन उपाध्याय,सबिन खड्का, श्री कृष्ण ढुंगाना, भोला गिरि, सुरेन्द्र अधिकारी, नगेन्द्र बोहरा, बिभोर ढकाल, शम्भु आचार्य, प्रकाश ढुंगाना, राजु श्रेष्ठ, शंकर थापा, सुबास पाण्डे, दिपेन्द्र खड्का, सुरज श्रेष्ठ, सुशील चालिसेले रक्तदान गर्नुभएको थियो। कार्यक्रम जनवरी २६, फेब्रुअरी १२, १३ तारीखका दिन अस्ट्रेलियाका बिभिन्न राज्यमा रहेका लाइफब्लड डोनर सेन्टरमा सम्पन्न भएको हो।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

Manoj Poudyal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

Manoj Poudyal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

Manoj Poudyal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

Manoj Poudyal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349