कोभीडको कारण अन्तराष्ट्रिय यात्रुहरूका लागि बिगत दुई बर्षबाट बन्द रहेका अस्ट्रेलीयाको सिमा फेरि खुल्ला हुने भएको छ । यही फेब्रुअरी २१ देखि विदेशबाट आउने पर्यटकहरुलाई स्वदेश प्रवेश गर्न दिने निर्णय भएको प्रधानमन्त्री स्कट मोरिसनले सोमबार जानकारी दिएका हुन्। ।
कोरोना भाइरसको महामारीका कारण लामो समयदेखि पर्यटकहरुलाई प्रवेश निषेध गर्दै आएको अष्ट्रेलियाले प्रतिवन्धात्मक व्यवस्था खुकुलो बनाउदै लगेको हो । अष्ट्रेलिया कोरोना महामारीबाट धेरै प्रभावित भएको र लामो समय विभिन्न प्रतिवन्धात्मक व्यवस्थाहरु लागु गरेको देशमा पर्दछ ।
राष्ट्रिय सुरक्षा सम्वन्धी बैठकपछि प्रधानमन्त्री मोरिसनले सवै प्रकारका प्रवेश आज्ञा पाएकाहरुलाई अष्ट्रेलिया आउन दिने निर्णय भएको जानकारी गराएका हुन्।
कोरोना भाइरसको महामारी थप फैलिन नदिने उद्धेश्यले सन् २०२० को मार्चदेखि विदेशबाट पर्यटकहरु आउन नदिने निर्णय अस्ट्रेलियन सरकारले गरेको थियो।
यो सँगै अस्ट्रेलीयाले मान्यता दिएको खोपको दुवै मात्रा लगाएका सबै भिषाधारकले फेब्रुअरी २१ बाट अस्ट्रेलीया आउन पाउने छन्। यसअघि सरकारले १५ डिसेम्बरदेखि अन्तर्रास्ट्रिय विद्यार्थी लगायत विभिन्न २८ भिषाभाहकका लागि सिमाना खुल्ला गरेको थियो ।