eNepal

प्रसिद्ध भारतीय गायिका लता मङ्गेशकरको ९२ वर्षको उमेरमा निधन

प्रसिद्ध भारतीय गायिका लता मङ्गेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ। आज आइतबार सरस्वती पूजा कै दिन ‘मल्टी अर्गान फेलर’का कारण मंगेशरको निधन भएको भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ ।

स्वास्थ्यमा समस्या देखिए पछि उहाँलाई हिजो अस्पताल भर्ना गरिएको थियो । आज  यस अघि उहाँलाई कोरोना भाइरसको संक्रमणसँगै निमोनिया समेत भएको थियो । तर, उपचार पछि स्वास्थ्यमा क्रमिक सुधार आए पछि उहाँलाई गएको १४ गते भेन्टिलेटरबाट बाहिर निकालिएको थियो । तर फेरि स्वास्थ्यमा समस्या आए पछि हिजो भेन्टिलेरमा राखेर उहाँको  उपचार थालिएको थियो ।

लता मंगेसकरले १३ वर्षको उमेरदेखि गीत गाउन थाल्नु भएको थियो । उहाँले ३० हजार भन्दा धेरै गीत गाइसक्नु भएको छ भने भारतीय मात्र नभएर नेपालीलगायत अन्य धेरै भाषामा समेत उहाँले स्वर दिनु भएको छ । उहाँले फिल्म फेयर पुरस्कारदेखि पद्म भुषण, पद्म विभुषण, राजीव गान्धी पुरस्कार, भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्न लगायत पुरस्कारबाट सम्मानित हुनु भएको छ । उहाँको जन्म सन् १९२९ मा भारतको  इन्दौरमा भएको थियो ।

उहाँले बाचुन्जेलीलाई, आकाशमा तिरमिर तारा, जुन बाटोमा लगायत धेरै नेपाली गीतमा स्वर दिनु भएको छ ।

Related posts

न्याभको नयाँ कार्यसमितीले पायो पूर्णता

Manoj Poudyal

नेपाल फेस्टिबल मेल्वर्नमा नै मैले मेरो मायालाई भेटेको हुँः कन्दरा गायक विवेक श्रेष्ठ

Manoj Poudyal

एक दिनको अवधिमा सम्रग नेपाललाई प्रतिनिधित्व गराउने महोत्सव हो नेपाल फेस्टिभल: ऋषि कँडेल

Manoj Poudyal

कला भिक्टोरीयाले रक्षा वन्धन एवम् जनै पुर्णिमा मनाउँदै

Manoj Poudyal

नेपाल फेस्टीभल पछिल्लो पुस्तालाई नेपाल चिनाउने एउटा उत्सवको रुपमा मान्छु -समाजसेवी बम योन्जन

Manoj Poudyal

समाज र समूदायको साथमा छौं भन्नका लागि यो निर्णय गरेका हौं-इन्द्र गुरुङ्ग ब्लूबेरी रियलस्टेट

Manoj Poudyal