अष्ट्रेलियाको मेलबर्नमा जारी १७औं न्याभ क्रिकेट टुर्नामेन्टको तेस्रो साताका खेलहरु सम्पन्न भएका छन्।तेस्रो सातासम्म आइ पुग्दा खेल अत्यन्त रोमाण्चक र प्रतीस्पर्धात्मक बन्दै गएको छ।
समुह एबाट हाल सम्मको तीनवटानै म्याच जितेर ६ अंक सहित ग्लोबल इन्टरफेस क्रिकेट क्लब पहिलो स्थानमा रहेको छ भने द हिमालयन क्लबले तीन खेलमा दुई खेल जित्दै ४ अंकका साथ दोस्रो स्थानमा रहन सफल भएको छ।नारे किङ्गले दुइ खेलमा एक खेल जित्दै २ अंक सहित तेस्रो स्थानमा रहेको छ भने माभन क्रिकेट क्लव र फार वेस्ट हन्टर्स हाल सम्म खेलेका दुइ खेलमा कुनै बाजी भने मार्न सफल भएका छैनन्।
त्यस्तै समुह बीबाट तीनवटै म्याच जितेर रोयल राइनोज क्रिकेट क्लब ६ अंक बटुल्दै पहिलो स्थानमा रहेको छ भने एक्स्पर्ट सगरमाथा र एभरेस्ट लाइन्सले दुइ खेलमा एकमा जित हाँसील गर्दै २ अंक बटुल्न सफल भएका छन्।यता गोर्खाली क्रिकेट क्लबले तीन खेलमा एक खेल जितेर २ अंक लिन सफल भएको छ भने गल्मी टाइगर्स दुइ खेलमा कुनै पनि जित प्राप्त गरेको छैन।
तेस्रो साताको पहिलो खेल ओवल १ मा ग्लोबल इन्टरफेस क्रिकेट क्लव र फारवेस्ट हन्टर्स क्रिकेट क्लव बिच भएको थियो।ग्लोबल इन्टरफेसले फारवेस्ट हन्टर्सलाई हराएको थियो। पहिले ब्याटिङ गर्दै ग्लोबल इन्टरफेसले १३६ रनको लक्ष्य दिएको थियो । अतिरिक्त ४३ र सरोज र अनुपले क्रमश २९(१६) र २५(५२) को ठूलो योगदान दिएका थिए । प्रकाशले दुई विकेट लिए ।
लक्ष्यलाई पछ्याउँदै फार वेस्ट हन्टर्सले ११८ रन मात्र बनाउन सक्यो। १७ रनले पराजित भयो । ओपनर प्रेमराज उप्रेतीले ३०(२१) र दिपेशले १४ रन बनाए भने अभिनाश र सरोजले ३–३ विकेट लिएका थिए भने म्यान अफ द म्याच सरोज बन्न सफल भए।
ओभल १ मा भएको अर्को खेलमा रोयल राइनोज क्रिकेट क्लवले गुल्मी टाइगर्स क्रिकेट क्लवलाई ६९ रनले पराजित गरेको छ। मोहनको ४३ रन र निरजको २६ रनको सहयोगमा आरआरसीसीले जीटीसीसीलाई १३३ रनको लक्ष्य दिएको थियो।शिवले ४ विकेट लिएका थिए। जवाफमा अमरिकले मात्र २३ रन बनाउन सके भने अरु कसैले दोहोरो अंक ल्याउन सकेनन्। म्यान अफ द म्याच भने शिवलाई प्रदान गरिएको थियो।
ओभल ४ मा भएको अर्को खेलमा द हिमालयन क्लवले माभन क्रिकेट क्लवलाई ४९ रनले हरायो। टस जितेर पहिले ब्याटिङ गर्दै सन्दीपको ५६ र सुनिलको ५५ रनको सहयोगमा १५५ रनको लक्ष्य दिएको थियो । मनिषले माभनका लागि दुई विकेट लिए।
जवाफमा माभन क्रिकेट क्लवले मात्र १०५ रन बनाउन सफल रह्यो । माभनका लागि सुजन र संजोगले २६ र २१ रन बनाए भने उदयले ३ विकेट लिए ।उदयनै म्यान अफ द म्याच बन्न सफल भए।
सोही ओभलमा एक्सपर्ट सगरमाथा ब्लुजले गोर्खाली क्रिकेट क्लवलाई ६ विकेटले हराउ सफल भयो। पहिले ब्याटिङ गर्दै सुनिलको २२ र विमलको २१ रनको मद्दतमा गोर्खाली क्रिकेट क्लवले दिएको ११३ रनको लक्ष्य पछ्याएको एक्सपर्ट सगरमाथा ब्लुजले १४ ओभरमा ४ विकेट गुमाएर जित हाँसील गर्यो। सुमितले अविजित ५२ र पारसले ३३ रन बनाए।ईएससीसीका लागि सजेन्द्र र पारसले ३–३ विकेट लिए।पारसलाई ३३ रन र ३ विकेटका लागि म्यान अफ द म्याच प्रदान गरिएको थियो।
सोही दिन माघ १६ यानिकी शहिद दिवशको अवसर पारेर न्याभले देशका लागि प्राण आहुति गर्ने महान् सहिदहरूको विशेष सम्झना गरीने दिन भएको स्मरण गरेको थियो।नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउँदै स्वाधीन र स्वावलम्बी अर्थतन्त्रसहित सामाजिक तथा आर्थिक दृष्टिले एक विकसित राष्ट्र निर्माण गर्न आफ्नो जीवन बलिदान गरेको सहिदहरूको सम्झनामा विश्वभर रहेका नेपालीले आजको दिनलाई शहीद दिवशको रुपमा मनाउने चलन रहेको न्याभका उपाध्यक्ष एवम् प्रतियोगीताका संयोजक प्रेमराज उप्रेतीले बताउनु भयो।सहिदहरूको सम्झनामा एक मिनेट मौन धारण समेत गरिएको थियो।
चौथो हप्ताको खेल आउँदो ६ फेब्रुअरीमा द हिमालयन क्लव र फार वेस्ट हन्टर्स बिच ओभल १ मा बिहान नौ बजे आयोजना हुँदैछ भने सोही समयमा ओभल ४ मा नारे किङ्ग्स र माभन क्रिकेट क्लव अर्को प्रतिस्पर्धा हुनेछ।
त्यस्तै मध्यान्न १२:३० मा ओभल १ मा गुल्मी टाइगर्स क्रिकेट क्लव र गोर्खाली क्रिकेट क्लव भिड्दैछन् भने ओभल ४ मा एक्सपर्ट सगरमाथा ब्लुज र एभरेस्ट लाइन क्रिकेट क्लव बिच हुँदैछ।
सोही दिन सरस्वती पुजाको दिन परेकोले न्याभले बिशेष सरस्वती पुजाको कार्यक्रम गर्ने आयोजक न्याभका उपाध्यक्ष एवम् प्रतियोगीताका संयोजक प्रेमराज उप्रेतीले जानकारी गराउनु भएको छ।