भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप ११ हजार ३ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ३४ जनाको निधन भएको भिक्टोरीया स्वास्थ्य बिभागले जनाएको छ।
सोहि अवधि भर २३ हजार ५ सय ३५ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या ७२ हजार ७ सय १० रहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १७ हजार ७ सय ९९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । यससंगै खोप लगाउनेको कूल संख्या ५६ लाख ४३ हजार १ सय ३१ पुगेको छ।
त्यस्तै ८५१ जनाको अस्पतालमा उपचार भई रहेको छ भने १०६ जना आईसियुमा रहेका छन्।३० जना भने भेन्टीलेसनमा रहेका छन्।