eNepal

रसियन खेलाडी मेड्भेडेभलाई ३-२ सेटले पराजित गर्दै नाडालले रचे इतिहास

साढे ५ घण्टा भन्दा लामो अत्यन्त रोमाण्चक प्रतीस्पर्धात्मक खेलमा नाडालले रसियन खेलाडी ड्यानियल मेड्भेडेभलाई ३-२ सेटले पराजित गरेका हुन् । उत्कृष्ट पुनरागमन गर्दै राफेल नाडालले आइतबार दोस्रो वरीयाताका ड्यानिल मेदभेदेभलाई हराउँदै अस्ट्रेलियन ओपनको उपाधि जितेका छन् ।

नाडालले शुरुका दुई सेट लगातार हारेर खेलमा कमब्याक गर्दै अस्ट्रेलियन ओपनको उपाधि जितेका हुन् । उनले २-६, ६-७ (७-५), ६-४, ६-४ र ७-५ ले  मेड्भेडेभलाई पराजित गरेका हुन् । 

नाडालाले कीर्तिमानी २१औं पटक ग्रान्डस्लाम जितेर नयाँ रेकर्ड बनाएका हुन् । छैटौँ वरीयाता प्राप्त स्पेनिसका नाडालको यो कीर्तिमानी २१औँ ग्रान्ड स्लाम उपाधि हो । यससँगै उनी २१ ग्रान्ड स्लाम उपाधि जित्ने पहिलो खेलाडी बनेका छन् ।

उनी टेनिसको इतिहासमा अब सबैभन्दा बढी ग्राण्डस्लाम जित्ने खेलाडी बनेका छन् । नाडालले नोभाक जाकोभिच र रोजर फेडेररलाई उछिनेर यो रेकर्ड बनाएका हुन् ।  जाकोभिच र फेडेररले समान २०-२० ग्राण्डस्लाम जितेका छन् । 

यसअघि उनले २००९ मा अस्ट्रेलियन ओपनको उपाधि जितेका थिए । त्यसयता चार पटक फाइनल पुगेर पनि नाडालले उपाधि जित्न सकेका थिएनन् ।

Related posts

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349