eNepal

१७औं न्याभ क्रिकेट टुर्नामेन्टको तेस्रो साताको खेल आज हुँदै, गरियो शहिदहरुको सम्झना

अष्ट्रेलियाको मेलबर्नमा जारी १७औं न्याभ क्रिकेट टुर्नामेन्टको तेस्रो साताका खेलहरु आज भइ रहेको छ।आज माघ १६ यानिकी शहिद दिवशको अवसर पारेर न्याभले देशका लागि प्राण आहुति गर्ने महान् सहिदहरूको विशेष सम्झना गरीने दिन भएको स्मरण गरेको थियो।

नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउँदै स्वाधीन र स्वावलम्बी अर्थतन्त्रसहित सामाजिक तथा आर्थिक दृष्टिले एक विकसित राष्ट्र निर्माण गर्न आफ्नो जीवन बलिदान गरेको सहिदहरूको सम्झनामा विश्वभर रहेका नेपालीले आजको दिनलाई शहीद दिवशको रुपमा मनाउने चलन रहेको न्याभका उपाध्यक्ष एवम् प्रतियोगीताका संयोजक प्रेमराज उप्रेतीले बताउनु भयो।सहिदहरूको सम्झनामा एक मिनेट मौन धारण समेत गरिएको थियो।

https://fb.watch/aRMGjKM37a/

आजनै तेस्रो साताका खेलहरुपनि आयोजना भई रहेका छन्।फार वेस्ट हन्टर्स र गोल्बल इन्टर्फेस क्रिकेट क्लव बिच बिहान नौ बजे ओभल १ मा पहिलो खेल भएको छ भने मेभन क्रिकेट क्लव र द हिमालयन क्लव बिच पनि बिहान नौ बजे ओभल ४ मा खेल भएको थियो।

त्यस्तै आज तीन बजे गुल्मी समाज भिक्टोरीया क्रिकेट क्लव र रोयल राइनोज क्रिकेट क्लव बिच ओभल १ मा हुँदैछ भने गोर्खाली क्रिकेट क्लव र एक्पर्ट सगरमाथा ब्लुज बिच ओभल ४ मा अर्को खेल भइरहेको छ।

दोस्रो साताको खेल सम्पन्न भएको छ। गत १६ जनवरीबाट सुरु टुर्नामेन्टको खेल हरेक हप्ताको आइतबार हुने गर्दछ। जसमा यो हप्ता अष्ट्रेलिया दिवस विशेष कार्यक्रमका बीच खेल सम्पन्न भएको हो।

पहिलो खेल रोयल राइनोज क्रिकेट क्लब र गोर्खाली क्रिकेट क्लब बीच भएको थियो। उक्त खेलमा रोयल राइनोजले गोर्खाली क्रिकेट क्लबलाई ५० रनले हराउन सफल भयो। ११७ रनको लक्ष्य प्रस्तुत गरेको रोयल राइनोजका लागि रक्कीले २७ र निरजले २६ रनको योगदान गरे। खेलमा गोर्खाली क्रिकेट क्लबका जेम्सले रोयल राइनोजको ३ विकेट लिएका थिए। यता गोर्खाली क्रिकेट क्लबले १६ ओभरमा ६७ रन मात्र बनाउन सक्यो, जसमा जेम्सले १८ रनको योगदान गरे। खेलमा रोयल राइनोजको तर्फबाट गोर्खाली क्रिकेट क्लबको ५ विकेट लिंदै युत्सव म्यान अफ द म्याच बन्न सफल भए।

दोस्रो साताको दोस्रो खेलमा एभरेष्ट लायन र गुल्मी टाइगर्स भिडेका थिए। उक्त खेलमा एभरेष्ट लायनले १३३ रनको लक्ष्य प्रस्तुत गर्यो, जसमा सुमितले २७ र दर्पणले २५ रनको योगदान गरेका थिए। एभरेष्ट लायनले दिएको लक्ष्यलाई पछ्याएको गुल्मी टाइगर्स १०४ रनमै सिमित हुनपुग्यो। गुल्मी टाइगर्सका लागि अम्रिकले ३३ र शिवले १२ रन दिएका थिए। उक्त खेलको म्यान अफ द म्याचको उपाधि सुरजले प्राप्त गरे।

अर्को खेलमा नर्रे किंग्स र फारवेस्ट हनटर्सबीच प्रतिस्पर्धा भएको थियो। जसमा नर्रे किंग्सका किरण कंडेल सेन्चुरी बनाउन सफल भएका थिए। उनले १०५ रन बनाए। त्यसैगरी ह्यारीले ३३ र रोशनले २७ रनको योगदान गर्दा नर्रे किंग्सले १८२ रन बनाउन सफल भयो। यता उमेश बडुले दिएको लोभलाग्दो इनिङ्ग्स ८४(५२) का बावजुद फारवेस्ट १२७ रनमा सिमित हुन पुग्यो। नर्रे किंग्सले जितेको उक्त खेलमा नर्रे किंग्सका किसनले ४ विकेट लिएका थिए। खेलमा सेचुरी गरेका किरण म्यान अफ द म्याच बने।

दोस्रो साताको अन्तिम खेल ग्लोबल इन्टरफेस र द हिमालयन क्लबबीच भएको थियो, जसमा पहिले ब्याटिंग रोजेको ग्लोबलले १६८ रनको लक्ष्य प्रस्तुत गर्यो। ग्लोबल इन्टरफेसका लागि सरोजले ३६, सुसनले २९ र नबिनले २२ रन जोडेका थिए। बलियो प्रदर्शन गरेका द हिमालयनका बलर आलोकले २ विकेट लिन सफल भए। ग्लोबल इन्टरफेसले दिएको लक्ष्य पछ्याउँदै द हिमालयनले २० ओभरमा १२५ रन मात्र बनाउन सफल भयो। द हिमालयनका लागि रोशनले २३, राज र केशवले २१/२१ रनको योगदान गरे। खेलमा ग्लोबल इन्टरफेसका नविन र उत्सवले २/२ विकेट लिएका थिए। खेलको म्यान अफ द म्याचको उपाधि ग्लोबल इन्टरफेसका सरोजले प्राप्त गरे।

Related posts

तेश्रो ग्रेस ईन्टरनेशनल तालबराही कप मेल्बर्न अल स्टार्सको पोल्टामा

Manoj Poudyal

दिदीबहिनी समाज सेपार्टन शाखाले तीज कार्यक्रम आयोजना गर्दै

Manoj Poudyal

मेल्बर्नमा पहिलो पटक बिधिपूर्बक जनैपूर्णिमा कार्यक्रम सम्पन्न

Manoj Poudyal

मेल्बर्नको हाम्रो कम्युनिटी बिधीवत् रुपमा सँस्थागत, प्रकाश अर्याल अध्यक्षमा चयन

Manoj Poudyal

न्याभको नयाँ कार्यसमितीले पायो पूर्णता

Manoj Poudyal

नेपाल फेस्टिबल मेल्वर्नमा नै मैले मेरो मायालाई भेटेको हुँः कन्दरा गायक विवेक श्रेष्ठ

Manoj Poudyal