eNepal

हैन के सोच्छौ हौ “के अस्ट्रेलीयामा पैसा फल्छ कि क्या हो”

बाबु कति कमाउँछस् हो अस्ट्रेलीयामा। महिनाको कति हुन्छ नि। अस्ट्रेलीया आएका धेरैलाई सोधिने प्रश्न हो यो। नेपालको अन्तरास्ट्रीय बिमान स्थलबाट ठुला प्लेन चडे पछि पैसानै कमाउन उड्यो भन्ने सोच हामी माँझ छ। चाहे दुबई जावस् चाहे मलेसीया चाहे युरोप वा अस्ट्रलीया। सबैको सोच अव पैसा कमाउन भयो भन्नेनै हुन्छ।

२०-३० लाख लगानी गरेर बिधार्थी भिषामा पठाउँदै हुनुहुन्छ भने यो बुझ्न पर्यो कि छोरोलाई कमाउन हैन अध्ययन गर्न पठाउँदै छौ। घरकाले बुझ्लान तर छिमेकीले बुझ्दैनन्। कस्तो छ छोरा छोरीलाईलाई।बस्न खान अनि कलेज सुचारु भयो रे। अहँ सोद्धैनन्। सिधै गएकोनि गोडा दुई एक महिना भयो है। पैसा पठायो कि छैन। कति कमाउँछ रे हो महिनाको।

अस्ती घर नजिकैकी काकीले कताबाट झुक्किएर फोन गरेछिन्। हुन त किन झुक्किन्छन् र उसकी पनि खै को भदैनी अस्ट्रेलीया जान भनेर चम्केकी छन् रे। त्यहि भएर फोन गरेकी रहिछीन्। अनि सोध्दै थिईन्। हैन कति कमाउछस् हौ बाबु। मैले पनि रिस उठेर आयो अनि दिनको सय डलर जति हुन्छ भन्दिएँ। तर यो भनिनन् कि कति दिन काम गर्छु। कति घन्टा काम गर्छु।दुख सुख के कस्तो छ। भरे थाहा रहिछ डलरको भाउ। अनि हिसाब गरिछन् १०० डलरले ८२को रेटमा ८२०० एकदिनको। त्यहि हिसाबले ८२००रुपयाँले हप्ताको पाँच दिन गर्यो भने हप्ताको ४१००० अनि महिनाको एकलाख चौसट्ठी हजार। ए आम्मा हो छोरोले यत्ति कमाउँदो रहेछ भन्दै गाउँ भरि ढोल पिट्न भ्याई छन्। तर के थाहा काकीलाई बास्तबिक यथार्थ।

कलेज कति दिन जान पर्ने सोद्धैनन्। सिधै कहाँ छस् काममा हो भनेर सोध्छन्। कतिको गार्हो छ, टाईममा त खान्छस् अनि सुत्छस् होलानि। अहँ सोध्दैनन्। कति पैसा जम्मा गरिस्। छ भने बोरु पठाई दे भनेर सोध्छन् अनि खर्च कतिको हुन्छ सोध्दैनन्। अस्ति दुबई गएको भाईले घडेरी जोड्यो बिदामा आउँदा त्यो सुनाउँछन्।

हैन किन नबुझेका हुन कि के हो।पैसा छाप्न त बिदेश आएका होईनन् नि सबै।खान पर्यो, लाउन पर्यो, घर भाडा तिर्नै पर्यो, बिजुली बत्ती, ग्याँस, पानी सबैको बिल तिर्नै पर्यो। अहँ यो खर्च देखिन्न।कामको दु:ख, नसुती नसती पढेको देखिन्न। तर एउटा राम्रो फोटो अलि छाट्टीएर फेसबुकमा हालीयो भने त्यो फोटोले व्यापकता पाउँछ। रामे देखी च्यामेले त्यहि फोटो हेर्छन् अनि डुक्रिन्छन् – वहा तलाई त क्या मोज छ है।

कामको फोटो, नसुती नसुती पढेको फोटो फेशबुकमा हालौ भने लौ न फलानोको छोरो के के नाप्छु भनेर गएको। हेर त बिजोग भन्दै तिनै छिमेकी कठै बरा। कुकुरले नपाएको दुख पाएछ नि भन्दै ढोल पिट्छन्। अव कहिले काँही यसो मौका मिलाएर एउटा राम्रो फोटो हाल्यो भने त्यो हबिगत हुन्छ। जे गरेनि सुख छैन।

एकजना दाई गुनासो पोख्दै थिए। गएको यत्तिका बर्ष भयो अझै घर किनेको छैनस् भनेर हैरान बनाई सके। फलानोले त किन्यो त। तँ चाँही के हेरेर बसि राछस्। दिक्क बनाई सके। अचेल त फोन गर्न नि दिक्क लागि सक्यो। अरे बा के पैसा बोटमा फल्छ र भनेको। उसले किन्यो कसरि भनेर सोध्दैनन्। नेपालमा भएको आफ्नो अँश बेचेर, ससुरालीबाट केही रकम झिकाएर त्यो पनि कहाँ किनेको हो र। मोर्गेजमा पाँच प्रतीसत जम्मा गरेर किनेको देख्दैनन्। घर पुजाको फोटो के हालेका थिए। लौन घरनै किनेछन्। क्या प्रगती गरेछन् भन्दै कुर्लीन्छन् बा।

तर अहँ नेपालमा जोडेको चाँही देख्दैन रहेछन्। पोहर जाँदा जग्गा किनेको देखेनन्। पुरानो घरलाई भत्काएर बनाएको देखेनन् तर ति दाईले नेपालमा भएको जायजेथा बेचेर ल्याएको पैसाले जोडेको घर चाँही देखे। कस्तो बिडम्बना।

अव ढाडै भाँचिने गरि बैकबाट ऋृणमा लिएको नयाँ गाडी अनि धितोमा घर लिएर फेसबकमा टलक्क परेको फोटो देखेर नेपालमा जिब्रो निकालेर हुन्छ त। त्यसको ब्याज तिर्नलाई नली खुट्टाको हड्डी खिएको कसले देख्ने।

कमाई जति भएपनि खर्च त्यही अनुपातमा हुन्छ। अझ छोरा छोरी भएपछि खर्चको लेखाजोखा नगरेकै राम्रो।एक दिन बच्चालाई चाईल्ड केयर राखेको ७० डलर देखी माथी कन्डिसन् हेरी हेरी तिर्न पर्छ त्यो पनि भिसा हेरेर। अब पिआरनै छ भने केही सहुलीयत होला। तर बिधार्थी भिसामा हो भने झन् कति गार्हो हुन्छ। त्यो भोग्नेलाई थाहा हुन्छ फेसबुक हेर्नेलाई होईन।

फोन अपरिहार्य हुन्छ। फोनपनि प्लानमा लिन पर्छ। फोनको बिल अक्सर धेरैले महिनाको १०० डलर तिर्छन्। यातायातमा उत्तीकै खर्च हुन्छ।जहिले सोद्छन के खाईस्। कुखुराको मासु र भात जबाफ दियो। गाउँले के भन्छन् थाहा छ छाकै पिच्छे मासु भात खाएर घरलाई वास्तानै गरेन। यो बुझ्दैनन् कि सजिलो र सस्तो यहि हुन्छ। अब यस्तो खर्चको बिबरण भनिदैन पनि उताबाट सोद्धैनन् पनि। खाली कति कमाईस् र कति पठाईस्। घर किनीस् कि छैनस्। फलानो तँसगै गएकोले घर किन्यो त। तैले चाँही किन न किनेको। जबाफ दिदाँ दिदा हैरान। हैन के सोच्छौ हौ के अस्ट्रेलीयामा पैसा फल्छ कि क्या हो। आङ्कुसे लाएर टिप्नलाई। कि डोरी पठाई दिउँ उतैबाट तान्नलाई।

लेखकः मनोज पौड्याल

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

Manoj Poudyal

The civilisational beauty of Pompeii

Manoj Poudyal

समाजसेवा गर्नलाई एनआरएनएमै उठ्नु पर्छ र??

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349