eNepal

जिलोङ नेप्लिज एसोसिएसन पाको फेस्टीवलको तयारीमा जुट्दै

जिलोङ तथा आसपासका क्षेत्र वरपर बसोबास नेपाली नागरिक तथा नेपाली पृष्ठभूमिका अस्ट्रेलियालीहरूलाई समस्या परेको बेलामा सहयोग गर्ने, नेपालको कला, संस्कृति, परम्परा, भाषा र पोशाकको संरक्षण गर्नुका साथै विभिन्न चाड पर्व कार्यक्रमको समन्वय र सहजीकरण गर्ने उद्देश्यले सन् २०१२ मा स्थापना भएको जिलोङ नेप्लिज एसोसिएसनले २६ फेवुअरीमा हुन गैराखेको पाको फेस्टीवल २०२२ मा भब्य रुपमा प्रस्तुती गर्ने तयारी गर्दैछ । 

भिक्टोरीयाको जिलोङमा बहुसाँस्कृतीक समुदाएको कला र सँस्कृतीहरु सम्मिलित पाको फिस्टालाई निकै महत्वको साथ हेरिने गरिन्छ।

बिगत दश बर्षदेखी जिलोङका नेपाली समुदाएले यस फेस्टिभलमा सहभागीता जनाएका छन्। नेपाल र नेपालीको कला, साँस्कृतीक विविधता, मेलमिलाप अनि सामन्जस्यलाई अन्तररास्ट्रीय स्तरमा चिनाउन जिलोङ नेप्लिज एसोसियसनले गएका बर्ष जस्तै यस बर्ष पनि बिभीन्न जातजातीका झाँकी, नेपाली खाना लगाएत अन्य बिवीध बस्तुहरुको प्रदर्शन गरेको आयोजक जिएनएका अध्यक्ष निरज करणजीतले बताउनु भयो।

यस फेस्टिभलमा हजारौको संख्यामा स्थानिय र सामुदायिक सँघ सँस्था देखी स्कुल, कलाकार, व्यापार र व्यवसायीहरुले सहभागीता जनाउने गर्दछन्।

जिलोङ नेप्लिज एसोसियसनमा हाल ८० जनाहरु रजिस्टर्ड सदस्य छन् ३५० जना सदस्यहरुले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्दै आइराख्नु भएको छ ।

बिगत १० बर्ष देखी पाको फेस्टिभल मार्फत नेपाललाई चिनाउँदै, नेपालको संस्कृती, कला, परम्परा, भाषा र पोशाकको बारेमा प्रचार प्रसार र संरक्षण गर्दै आएको यस संस्थाले यो बर्ष पनि आयोजन हुन लागेको पाको फेस्टीभल २०२२ मा सहभागी भएर नेपालीको सांस्कृतिक विविधता र एकताको बारेमा जानकारी गराउन सहयोग गरिदिनु हुन सम्पूर्ण भिक्टोरीयामा बसोबास गर्नु हुने संघ संस्था तथा नेपाललाई माया गर्ने सम्पूर्ण महानुभाबहरुमा जिलोङ नेप्लिज एसोसिएसनले हार्दिक अनुरोध समेत गरेको छ ।

Related posts

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349