लामो समय देखी अस्ट्रेलीयाको मेल्बर्नमा बस्दै आएका व्यवसायी एवम् समाजसेवी विश्व गौडेलले सुनरीमै, ऐंसेलुको काँडाको अपार सफलता पछि ” मुना तिमी घर आउ” बोलको गीत साङ्गितीक बजारमा लिएर आएका छन्।
गायक तथा संगीतकार दीपक शर्माको स्वर र सङ्गीतमा रहेको “मुना तिमी घर जाऊ” मा विश्व गौडेलको शव्द रहेको छ। ऋषि बरालको निर्देशनमा बनेको यस गीतमा जीवी चिरन, दिपेश परियार र मनिषा ओझाको अभिनय रहेको छ । प्रविन घिमिरेको छायांकन रहेको भिडियोमा विनोद बमको सम्पादन तथा कलर ग्रेडिंग रहेको छ । गीतको अडियो तथा भिडियोको प्रोडक्शन ब्लेक ब्रोज इन्टरटेन्मेन्टले गरेको हो ।
गीतले परदेश गएको आफ्नै साथीकी श्रीमतीसँगको सम्बन्ध र त्यसले निम्त्याउने घटनालाई देखाउन खोजेको छ ।