अस्ट्रेलिया डेको अबसर पारेर रोयल वेस्टर्न क्लबले राष्ट्रव्यापी रक्तदान एवम् प्लाज्मा दान कार्यक्रमको शुरुवात गरेको छ। नेप्लिज एसोसिएसन अफ भिक्टोरीया, मेल्वर्न नेप्लिज कम्युनिटी वेस्ट, एनआरएनए भिक्टोरीया र फेडरेसन अफ नेप्लिज कम्युनिटी एसोसिएसन अफ अस्ट्रेलियासँगको सहकार्यमा रोयल वेस्टर्न क्लवले तिन दिने रक्तदान एबम् प्लाज्मा दान कार्यक्रम हिजोबाट शुरु गरेको हो।
हिजो भएको पहिलो चरणको रक्तदान एबम् प्लाजा दान कार्यक्रम अन्तर्गत डार्विनबाट कृष्ण ढुङ्गाना, सिड्नीबाट प्रकाश ढुंगाना क्षेत्री, तास्मानियाबाट शम्भु आचार्य, ब्रीसबेनबाट फेन्काका कोषाध्यक्ष राजन कोइराला, मेल्बोर्नबाट न्याभका अध्यक्ष राम गुरुङ, फेन्का भिक्टोरिया कोर्डिनेटर भोला गिरि, डा. सन्देश पन्थ, प्रज्ञा गर्तौला पन्थ, सुरेन्द्र अधिकारी, नगेन्द्र बोहरा, बिभोर ढकालले रक्तदान एवम् प्लाज्मा दान गर्नु भएको छ।
तीन चरणमा आयोजना गर्न लागेको उक्त कार्यक्रमको दोश्रो चरणको कार्यक्रम आगामी फेब्रुअरी १२ र तेश्रो चरणको कार्यक्रम फेब्रुअरी १३ मा आयोजना गरिने रोयल वेस्टर्न क्लबका सचिब तथा रक्तदान/प्लास्मा दान कार्यक्रमका संयोजक सुशील चालिसेले जानकारी गराउनु भयो।
लाइफब्लड एयरपोर्ट वेस्ट डोनर सेन्टर, डार्विन ब्लड डोनर सेन्टर, होबार्ट डोनर सेन्टर र लाइफब्लड चेर्मसाइड डोनर सेन्टरलाई बिषेश धन्यबाद दिदै क्लबका संयोजक एवम् रक्तदान कार्यक्रमका समेत संयोजक रहनु भएका सुशील चालिसेले रक्तदान कार्यक्रममा सहभागीता जनाउनु हुने सबैलाई बिशेष धन्यबाद व्यक्त गर्नु भयो। साथै धेरैजनाले आगामी कार्यक्रमका लागि बुकिङ गरिसकेको र व्यापक रुपमा सोधपुछ आइरहेको बताउदै यो पुण्य कार्यलाई सफलता पुर्बक सम्पन्न गर्न साथ दिनुहुन सम्पुर्ण संघ संस्था र इच्छुक व्यक्तिहरुलाई सम्पर्क गर्न समेक आवहान गर्नु भएको छ।