eNepal

बढी भ्रष्टाचार गर्ने देशहरुको एक सय १७औँ स्थानमा नेपाल

भ्रष्टाचारविरुद्धको संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले आज सार्वजनिक गरेको भ्रष्टाचार मापन अवधारणा सूचकाङ्कमा नेपाल ३३ अंक प्राप्त गरी एक सय १७औँ स्थानमा सूचीकृत भएको छ । गएको वर्ष पनि नेपाल ३३ अङ्कसहित एक सय १७औँ स्थानमै थियो ।

सूचकाङ्कमा एक सय अङ्कले अति स्वच्छ र ० अङ्कले अति भ्रष्टाचार रहेको जनाउँछ । यस वर्षको औसत स्कोर ४३ रहेको छ । नेपाल औसतभन्दा तल रहेको छ । सन् २०२० र २०२१ मा नेपालको अङ्क स्थिर रहनु भनेको भ्रष्टाचार नियन्त्रणमा कुनै प्रगति हुन नसकेको हो ।

सर्वेक्षणले नेपालमा सार्वजनिक क्षेत्रमा भ्रष्टाचार र अधिकारको दुरुपयोग कायम रहनु, व्यापार व्यवसायमा घुसखोरी रहनु, कारबाहीमा कमी वा ढिला हुनुले भ्रष्टाचार बढेको देखाएको छ । ट्रान्सपरेन्सीले सूचनामा नागरिकको पहुँचमा कमी हुनु, राजनीतिक भ्रष्टाचार नियन्त्रण नहुनुजस्ता कारण भ्रष्टाचार कायम रहेको जनाएको छ ।

ट्रान्सपरेन्सीले ४० अङ्कभन्दा तल प्राप्त गर्ने देशलाई भ्रष्टाचार व्याप्त भएको देशको सूचीमा राख्छ ।  विश्व बैङ्क, वर्ल्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेसन, वर्ल्ड जस्टिस प्रोजेक्ट, र भीडीईएमसमेत गरी ६ वटा संस्थाले गरेको सर्वेक्षणका आधारमा सूचकाङ्क मापन हुने ट्रान्सपरेन्सी इन्टरनेशनलले जनाएको छ ।

यस वर्षको सूचकाङ्कमा समावेश भएका एक सय ८० देशमध्ये डेनमार्क, फिनल्यान्ड र न्युजिल्यान्डले एक सय पूर्णाङ्कमा समान ८८ अङ्क प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने देश बनेका छन् । यस्तै दक्षिणी सुडान ११ अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने देशको रुपमा सूचीकृत भएको छ ।

दक्षिण एसियाली देशहरूमध्ये भुटान ६८ अङ्क प्राप्त गरी २५औँ स्थान तथा माल्दिभ्स र भारत ४०/४० अङ्क प्राप्त गरी ८५औँ स्थानमा छन् । ट्रान्सपरेन्सी इन्टरनेशनलले सन् १९९५ देखि प्रत्येक वर्ष भ्रष्टाचार मापक सूचकाङ्क सार्वजनिक गर्दै आएको छ ।

https://drive.google.com/file/d/1rRViryl7wj9AY-jM4mKcBsWAXKd2UTC3/view?usp=drivesdk

 

Related posts

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349