eNepal

लकडाउनको कारण डेन्टल नर्सको जागीर गए पछि जन्मियो “लुमन्ती”

पछिल्लो समय मेल्बर्नको नेपाली समुदाएमाँझ निकै लोकप्रीय बन्दै गएको छ लुमन्ती। नेवारी परम्परागत खानाको पारखीलाई लक्षित गरि संचालनमा आएको लुमन्ती मेल्बर्नमा बसोबास गर्ने नेपाली समुदाएलाई परम्परागत स्वाद दिलाउन प्रभावशाली भुमीका खेल्दै आएको छ।

लुमन्तीका परिकारहरु आज मेल्बर्नका नेपालीका घरघरमा पुग्ने गरेका छन्। पुजाको लागि चाहाने प्रसाद देखी नेपालीहरुको बिहानको खाजाको रुपमा ज्यादै प्रख्यात दुनोट, नेवारी खाजा सेट देखी लाखमरी र चटामरी आज प्राय नेपालीको रोजाईको खाजा बन्दै गएको छ। 

डेन्टल नर्सको रुपमा काम गर्दै आएकी कृती महर्जनलाई पनि कोभीड १९ महामारीले अछुतो राख्न सकेन। माहामारीको रुपमा फैलीएको कोरोनाले डेन्टल नर्सको जागिर गुमाएँ पछि कृती घर भित्रै सिमीत भईन। घरमै बसि रहँदा आफुले नेपालमा छँदा जानेका अनि सिकेका खानाका बिभीन्न परिकार बनाउने आफ्नो रहरलाई भने उनले सुस्ताउन दिइनन्।

मेल्बर्नमा लकडाउनको अवस्था थियो। साथीभाईसँगको प्रत्यक्ष भेटघाटलाई निषेध गरिएको थियो। त्यहि मौकालाई अवसरको रुपमा लिदै उनले घरमै नेवारी खाना र नेपाली शैलीका डुनोटहरु बनाएर आफ्ना साथीभाई र परिवारलाई चखाउन थालिन्।

साथीभाईहरुबाट आएको सकारात्मक टिप्पणी र सुझावले कृतीलाई घरमै बसेर एउटा सानो खाद्य व्यवसाय सञ्चालन गर्न उत्प्रेरित गर्‍यो।उनलाई विस्वास भयो कि बिशुद्ध नेवारी खाना बनाएर पनि जीवन निर्वाह गर्न सकीने रहेछ भनेर।

बिस्तारै घरकै भान्सामा लाखमरी, योमरी, किमा बारा, ऐठामरी जस्ता नेवारी समुदाएका परम्परागत परिकार बनाउन थालिन् । नेवार जातिको पहिचानसहितको यो परम्परागत खानाको माग पनि उत्तीकै मात्रामा बढ्दै गयो। घरबाट टाढा बसेर पनि नेपाली पनमा परिकारको स्वाद लिन पाउँदा उनका ग्राहक ह्वात्तै बढे र बिस्तारै यसलाई व्यवसायीकरण गर्दै गइन्।

शुरुवातमा नाम के राख्ने भनेर धेरैसँग सरसल्लाह लिन थालिन।धेरै छलफल र सल्लाहा पछि सबैले आफ्नो जन्म घरमा छुटेको स्वादलाई प्रतिनिधित्व गर्ने र बिगतका सम्झनाहरू ताजा बनाउन सक्ने व्यवसायीक नाम खोज्दै जाँदा अन्तत: लुमन्ती नामको सिर्जना भयो जसको अर्थ नेवारीमा सम्झनाको स्वाद हो।

त्यसपछि लुमन्तीलाई मानिसहरू माँझ पुर्याउने भनेर खानाको जानकारी सहित फेसबुक मार्केटप्लेसमा राखेर समुदाएलाई जानकारी गराउन सुरु गरीन्। बिस्तारै ग्राहकहरूबाट अर्डरहरू आउन थाले र ग्राहकहरुबाट आएको राम्रो प्रतिक्रियाले उनमा थप उर्जा प्राप्त भयो। 

ग्राहकको माग बझ्दै गएपछि सहजताको लागि लुमन्तीको फेसबुक पेज र इन्स्टाग्राममा खानाको बारे जानकारी सहित पेज शुरु गरेको छ जहाँ प्रत्यक्ष म्यासेज मार्फत सिधै अर्डर गर्न सक्छन्।

Related posts

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349