eNepal

क्रिप्टोकरेन्सीको कारोबार गर्ने गिरोह पक्राउ

नेपालमा प्रतिबन्धित भर्चुअल मुद्रा क्रिप्टोकरेन्सीको अवैध कारोबार गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले लुकीछिपी क्रिप्टोकरेन्सीको कारोबार गर्ने तीन जनाको गिरोहलाई मिनभवनबाट पक्राउ गरेको हो ।

 पक्राउ पर्नेमा पर्वतका २१ वर्षीय राजन भट्टराई, सुनसरीका २५ वर्षीय विशाल श्रेष्ठ र काठमाडौंका २७ वर्षीय दिपेनराज श्रेष्ठ छन् । नेपाल राष्ट्र बैंकले कारोबारका लागि प्रतिबन्ध लगाएको क्रिप्टोकरेन्सी बिट क्वाइनबाट कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा अनुसन्धान गर्दा उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका मध्ये भट्टराईले हालसम्म ९७५ जना व्यक्तिसँग एक हजार ९२६ पटक कारोबार गरेको प्रहरीले जनाएको छ । एक महिनामै उनले १६ लाख बराबरको कारोबार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका तीनै जनालाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ अनुसार आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर, टेकु पठाइएको महाशाखाले जनाएको छ ।

क्रिप्टोकरेन्सीको कारोबार नेपालमा कानुनविपरीत रहेको र यस्तो कार्य गर्ने गराउने सबैलाई कानूनबमोजिम सजाय हुने भएकोले यस्तो कार्य नगर्न/नगराउन पनि प्रहरीले अनुरोध गरेको छ ।

Related posts

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

अमेजीङ प्यारेन्ट्सले फरक क्षमताका बालबालिका र उनीहरुका अभिभावक लक्ष्क्षित गर्दै दशै तथा दिपावली कार्यक्रम गर्दै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349