भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप १८ हजार १ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २० जनाको निधन भएको भिक्टोरीया स्वास्थ्य बिभागले जनाएको छ।
सोहि अवधि भर ४३ हजार १ सय ९९ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या २ लाख ५२ हजार ३ सय ९९ रहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा २५ हजार ४ सय ५२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । यससंगै खोप लगाउनेको कूल संख्या ५३ लाख ९० हजार ५ सय ९९ पुगेको छ।