eNepal

जिलोङ नेप्लिज एसोसियसनले २६ जनवरीमा अस्ट्रेलीयन डे मनाउँदै

मेल्बर्न, अस्ट्रेलीया

२६ जनवरी यानिकी अस्ट्रेलीयन डेको अवसर पारेर जिलोङ नेप्लिज एसोसियसनले सदाझै यो बर्ष पनि बिशेष कार्यक्रम आयोजना गर्ने भएको छ।

बिभीन्न सांस्कृतिक गतिविधिहरूको साथमा बालबालिकाको लागि जम्पिङ क्यासल/फेयरी फ्लस/स्लुशी मेसिनहरू जस्ता बिभीन्न मनोरञ्जनात्मक खेल गतिबीधीको साथमा अस्ट्रेलीयन डे मनाउन लागेको हो।

६५००० बर्ष अघि पहिलो पटक ब्रिटिशहरु न्यू साउथ वेल्समा आइपुगेर सिड्नीमा ब्रिटिश झन्डा फहराएको सम्झना गर्दै अस्ट्रेलीयालाई विश्वको सबैभन्दा ठूलो बहुसांस्कृतिक देश बन्न मद्दत र योगदान पुर्‍याउने हरेक अष्ट्रेलियालीहरूलाई सम्मान स्वरुप अस्ट्रेलीयन डे मनाउने चलन चल्दै आएको छ।

अष्ट्रेलियन डे कार्यक्रमले जिलोङ क्षेत्रका धेरै अन्य सामुदायिक समूहहरू घुलमील हुने अबसरको रुपमा रहेको जिएनएका अध्यक्ष निरज करणजीतले बताउनु भयो। अष्ट्रेलिया डे अष्ट्रेलिया अनि अष्ट्रेलियाली संस्कृति र समुदायप्रति एकताको प्रतीकको रुपमा बिभीन्न समुदायबाट मनाउँदै आइएको छ। आफ्नो मौलीक कला, परम्परा र सँस्कृतीलाई अरु समुदाएमा चिनाउन पाउनु खुसीको कुरा रहेको जानकारी गराउनु भयो।

यो पारिवारिक मैत्री कार्यक्रम हो। स्थानीय बासिन्दाहरू र परिवारहरूलाई विभिन्न गतिविधिहरू र  मनोरञ्जनात्मक कार्यक्रम मार्फत अस्ट्रेलिया दिवसको आनन्द लिने अवसरको रुपमा यस कार्यक्रमलाई हेरिएको छ।

रजिस्ट्रेसनको लागि यो लिङ्कमा थिच्नु होला।

https://www.gna.org.au/australia-day-registration/

Related posts

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349