भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप २१ हजार ९ सय ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १५ जनाको निधन भएको भिक्टोरीया स्वास्थ्य बिभागले जनाएको छ।
सोहि अवधि भर ५१ हजार ६७ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या २ लाख ४६ हजार ८ सय ९४ रहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा २२ हजार २ सय ६६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । यससंगै खोप लगाउनेको कूल संख्या ५३ लाख ६४ हजार ४ सय ५२ पुगेको छ।
त्यस्तै १२०६ जना अस्पतालमा छन् भने १२२ जनाको आइसीयुमा उपचार भइ रहेको छ।