अस्ट्रेलीयाका प्रधानमन्त्री स्कट मोरिसनले अन्तर्राष्ट्रिय विद्यार्थीहरू र काम गर्ने छुट्टी मनाउनेहरूलाई अष्ट्रेलियामा आउन आह्वान गरेका छन्।राष्ट्रले श्रमशक्ति अभावको सामना गरिरहेको बताउँदै आजदेखि अष्ट्रेलिया आइपुगेका अन्तर्राष्ट्रिय विद्यार्थी र काम गर्ने बिदा भिषामा आउनेहरूलाई आफ्नो भिसा आवेदन शुल्कमा छुट दिइने बताएका हुन्।
राष्ट्रमा ओमिक्रोन भेरियन्टको फैलावटको कारण बिशेष गरेर अस्पताल र हस्पिटालिटी क्षेत्रले कार्यबल अभावको सामना गरिरहेको प्रधानमन्त्री स्कट मोरिसनले बुधवारको पत्रकार सम्मेलनमा बताएका छन्।उनले आजबाट आउने सबैको भिसा आवेदन शुल्कमा छुट दिने जनाएका छन्।
अन्तर्राष्ट्रिय विद्यार्थीहरूले बुधबारदेखि आठ हप्ताको लागि शुल्क छुट पाउने छन् भने काम गर्ने छुट्टी भिषामा आउनेहरूका लागि १२ हप्ताको लागि छुट पाउने छन्। मोरिसनले भिसा धारकहरूलाई जतिसक्दो चाँडो अष्ट्रेलिया आउन समेत आग्रह गरेका छन्।
उनले भनेका छन् “हामी चाहन्छौं कि तपाईं अष्ट्रेलियामा आउनुहोस् र अष्ट्रेलियामा छुट्टीको आनन्द लिनुहोस् – देशभरि घुम्नुहोस् र केही समय हाम्रो कार्यबलमा सामेल हुनुहोस्।”