भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप २० हजार ७ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १८ जनाको निधन भएको भिक्टोरीया स्वास्थ्य बिभागले जनाएको छ।
सोहि अवधि भर ४९ हजार ८ सय ३८ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या २ लाख ५३ हजार ८ सय २७ रहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा २२ हजार १ सय २१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । यससंगै खोप लगाउनेको कूल संख्या ५३ लाख ४१ हजार ९ सय १३ पुगेको छ।
त्यस्तै ११७३ जना अस्पतालमा छन् भने १२५ जनाको आइसीयुमा उपचार भइ रहेको छ।