भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप २० हजार १ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २२ जनाको निधन भएको भिक्टोरीया स्वास्थ्य बिभागले जनाएको छ।
सोहि अवधि भर ३९ हजार ७ सय २५ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या २ लाख ३५ हजार ३५ रहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा २० हजार ५ सय ६२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । यससंगै खोप लगाउनेको कूल संख्या ५३ लाख १९ हजार ७ सय १० पुगेको छ।
त्यस्तै ११५२ जना अस्पतालमा छन् भने १२७ जनाको आइसीयुमा उपचार भइ रहेको छ।