eNepal

१७औं ग्रेस इन्टर्नेश्नल न्याभ कप शुरु, पहिलो खेलमा ग्लोबल,रोयल,हिमालयन र गोर्खाली क्लव विजयी

१७ औं ग्रेस इन्टर्नेश्नल न्याभ कप २०२२ उद्घाटन समारोह गएको आइतबार एक बिशेष कार्यक्रमको आयोजना गर्दै शुरु भएको छ।  यस वर्षको उद्घाटन समारोह बिगतका कार्यक्रम भन्दा फरक तरिकाले गरिएको थियो।

नेपाल कम्युनिटी सेन्टरको प्रवर्धनमा ऐक्यबद्धता जनाउन यस प्रतियोगिताको उद्घाटन पण्डित नारायण प्रसाद ज्ञवालीले हिन्दू संस्कारका साथ गर्नु भएको थियो । सोही अवसरमा एनआरएनए भिक्टोरियाका प्रतिनिधि तथा एनसीसी सदस्य महादेव धानुक, एनएभीका पूर्व अध्यक्ष डा. अनुपम पोखरेल,  एएनएमसीका अध्यक्ष राजेश आचार्य,  एएनएमसीका सहसचिव गणेश अधिकारी र ग्रेस मेलबर्नका प्रबन्ध निर्देशक रामचन्द्र पौडेलले ब्याटिङ र बलिङ गर्दै प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो। न्याभका बर्तमान उपाध्यक्ष एवम् प्रतियोगिताका संयोजक प्रेमराज उप्रेती र न्याभका कोषाध्यक्ष डा.याकिन्द्र तिमिल्सेनाले प्रतियोगिता र आगामी अष्ट्रेलिया दिवस समारोह बारे जानकारी दिएका थिए।

उद्घाटनको पहिलो दिनमा जम्मा ४ वटा खेल खेलिएका थिए ।ओभल १ मा माभेनले टस जितेर पहिले ब्याटिङ रोजेको थियो। पहिले ब्याटिङ गर्दै माभेनले ९५ रन बनायो।माभेनका लागि मनिषले ४० रन बनाए । निशानकेत र उत्सवले ३ र ४ विकेट लिए ।ग्लोबल ईन्टर्फेस क्रिकेट क्लबले अन्तिम ओभरमा जित्यो। अविनाश पौडेल र सरोज क्षेत्रीले क्रमशः २५ र २६ रन बनाए । यो खेलको म्यान अफ द म्याच निशङ्केत बन्न सफल भए ।अर्को खेल रोयल राइनोज क्रिकेट क्लव र एक्सपर्ट सगरमाथा ब्लुज बिच भएको थियो। एक्सपर्ट सगरमाथा ब्लुजले २० ओभरमा १४१/८ रन बनाएको थियो। कप्तान आशिष जीसीले ६४ र राजले अविजित २८ रन बनाएका थिए। कुदूष र उत्सवले २–२ विकेट लिन सफल भएका थिए।

लक्ष्य पछ्याउँदै आरआरसीसीले अन्तिम ओभरमा खेल जित्यो। चन्द र विक्रमले क्रमशः २७ र ३६ रन बनाए ।उत्सव पोखरेल म्यान अफ द म्याच बन्न सफल भएका थिए।

तेस्रो खेल ओवल ४ मा नारे किङ्ग्स र हिमालयन क्रिकेट क्लव बिच भएको थियो। टस जितेर ब्याटिङ रोजेको हिमालय क्रिकेट क्लबले १४४ रन बनाएको थियो ।दिपर्सन र निशान्तले क्रमशः ४७ र २५ रन बनाए।किशन र सन्दीपले एक–एक विकेट लिए ।

जवाफमा नारे किङ्गले २० ओभरमा १०६ रन मात्र बनाउन सफल रह्यो।किरण र रोशनले क्रमशः ३३ र अविजित ३० रन बनाए । आलोक र सुमनले ४ र ३ विकेट लिए ।खेलमा हिमालयन क्रिकेट क्लव ३८ रनले विजयी भएको थियो। डिपर्सनलाई म्यान अफ द म्याच प्रदान गरिएको थियो।

पहिलो दिनको अन्तिम खेल गोर्खाली क्रिकेट क्लब र एभरेष्ट लाइन क्रिकेट क्लव बीच खेलिएको थियो।टस जितेर पहिले ब्याटिङ गरेको एभरेष्ट लायोन क्रिकेट क्लबका सुनिलले २० रनको योगदान दिदै ७८ रनको लक्ष्य दिएका थिए ।आतिश र प्रमोदले ३–३ विकेट लिन सफल भए ।गोर्खाली क्रिकेट क्लबले पाँच विकेट गुमाएर लक्ष्यलाई पछ्यायो। सुनिलले २५ रनको योगदान दिन सफल रहे ।गोर्खाली क्रिकेट क्लबले ५ विकेटले खेल जित्यो भन्यो म्यान अफ द म्याच प्रमोदलाई प्रदान गरिएको थियो।

Related posts

तेश्रो ग्रेस ईन्टरनेशनल तालबराही कप मेल्बर्न अल स्टार्सको पोल्टामा

Manoj Poudyal

दिदीबहिनी समाज सेपार्टन शाखाले तीज कार्यक्रम आयोजना गर्दै

Manoj Poudyal

मेल्बर्नमा पहिलो पटक बिधिपूर्बक जनैपूर्णिमा कार्यक्रम सम्पन्न

Manoj Poudyal

मेल्बर्नको हाम्रो कम्युनिटी बिधीवत् रुपमा सँस्थागत, प्रकाश अर्याल अध्यक्षमा चयन

Manoj Poudyal

न्याभको नयाँ कार्यसमितीले पायो पूर्णता

Manoj Poudyal

नेपाल फेस्टिबल मेल्वर्नमा नै मैले मेरो मायालाई भेटेको हुँः कन्दरा गायक विवेक श्रेष्ठ

Manoj Poudyal