भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप २८ हजार १ सय २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १३ जनाको निधन भएको भिक्टोरीया स्वास्थ्य बिभागले जनाएको छ।
सोहि अवधि भर ५९ हजार ३१ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या २ लाख ३७ हजार ५ सय ५९ रहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १८ हजार ६ सय ४६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या ५२ लाख ८६ हजार ५ सय ४ पुगेको छ।
त्यस्तै १११४ जना अस्पतालमा छन् भने १२२ जनाको आइसीयुमा उपचार भइ रहेको छ।