भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप २५ हजार ५ सय २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २३ जनाको निधन भएको भिक्टोरीया स्वास्थ्य बिभागले जनाएको छ।
सोहि अवधि भर ५८ हजार ९ सय ५२ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या २ लाख २७ हजार १ सय ०५ रहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा २३ हजार ९ सय ३८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या ५२ लाख ६७ हजार ४ सय ८९ पुगेको छ।
त्यस्तै १०५४ जना अस्पतालमा छन् भने ११५ जनाको आइसीयुमा उपचार भइ रहेको छ।