eNepal

दक्षिण अस्ट्रेलियामा झन्डै ६० वर्षयताकै धेरै तापक्रम मापन

दक्षिण अस्ट्रेलियाको अनस्लोमा बिहीवार झन्डै ६० वर्षयताकै धेरै तापक्रम मापन भएको छ ।मार्डी र रोबननामका दुई शहरमा बिहीवार ५० दशमलव ७ डिग्री सेल्सियस तापक्रम मापन भएको  छ ।

योभन्दा अगाडि सन् १९६२ मा पनि त्यहाँ ५० दशमलव ७ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । पानी नपरेर तातो हावा फैलिएकाले मार्डी र रोबन शहरमा बढी तापक्रम मापन गरिएको हो ।

तापक्रम बढेपछि मानिसहरूलाई घरभित्रै बस्न भनिएको छ भने बाहिर निस्कन परेमा सितल छायाँमा बस्न र सितल झोलिलो पदार्थ खानका लागि भनिएको छ । अस्ट्रेलियाको विभिन्न ठाउँमा डढेलो फैलनुका साथै जलवायु परिवर्तनको असरका कारण गर्मी बढेको विज्ञले बताएका छन् ।

अहिले पनि मारगेट नदी आसपासको ६ हजार हेक्टर क्षेत्रफलमा रहेको जङ्गलमा डढेलो लागिरहेको छ । त्यस आसपास क्षेत्रमा पानी कम मात्रै पर्ने गरेको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार अस्ट्रेलियाको अहिलेको औसत तापक्रम ३६ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । जलवायु परिवर्तनका कारण अस्ट्रेलियामा एक दशमलव दुई डिग्री सेल्सियसका दरले तापक्रम बढ्दै गएको विज्ञले बताएका छन् ।

Related posts

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349