eNepal

सित्तैमा आईफोन दिएको जस्तो लोभ देखाएर डसी रह्यो कङ्गारुको देशले

करिब ६ बर्ष अगाडी एकजना बहिनी अस्ट्रेलीया आईन्।अपरिचीत ठाउँ नयाँ परिवेश, फरक रहनसहन, नौलो बाताबरण।परिवारमा ठुलो बोईङ चडेर बिदेश जाने त्यो पनि छोरीमा पहिलो उनीनै थिईन्।मानिसमा आँट र सकारत्मक सोचको बिज छ भने असम्भव भनेको केहीनै छैन भन्ने कुराको उदाहरण भईन।

आज भन्दा ६ बर्ष अगाडी जबकी त्यो बेलामा अहिले जस्तो सामाजिक सन्जालहरुमा त्यस्तो ब्यापकता आई सकेको थिएन।अहिले त हजारौ हजार नेपाली आई सके, कोही न कोही त चिनजानको मान्छे अवस्य हुन्छ।त्यो बेलामा अहिले जस्तो नेपालीहरुबाट गरिने सहयोग निकै कम थियो।हुन त आजकाल फेशबुक एउटा माध्यम भएको छ।काम देखी कोठा र मनमा लागेका जिज्ञासाहरु सोध्नलाई।अनि कसै न कसैले राय सल्लाह पनि दिई हाल्छन्।तर त्यो बेला यस्ता अवसरहरु ज्यादै न्युन थियो।फेसबुकहरुमा अहिलेको जस्तो सेवा सहयोग गर्ने कुरा पछि बिकाश भयो।त्यो बेला त खाली फोटो हाल्ने मात्र काम थियो।

मलाई याद छ एयरपोर्टमा एकजना दाईको साथीलाई भन्दिएको भएर अपरिचीत दाई लिन आउनु भएको थियो।जिन्दगीमा पहिलो चोटी केएफसीको चिकन मैले अस्ट्रेलीयामा टेकेको दिन खाएँको थिए।प्लेन उडीरहेको बेला मनपनि उड्दै थियो।सोच्दै थिए बडेमानका घर होलान्।म लिफ्टमा चडेर आफ्नो अपार्टमेन्टमा जान्छु होला।आखिरी प्रायले अमेरीका, अस्ट्रेलीया या भनौ बिदेश भने पछि यस्तै त सोच्छन्।केएफसीको चिकन खाए पछि दाईले अव रुम तिर जाउँ भनेर लैजानु भयो।म चुपचाप नौलो ठाउँ दायाँ बायाँका रमणीय दृश्यहरु हेर्दै मनमा नानाभाती कुरा खलाउँदै गाडीमा हुईकिएँ।एयरपोर्टबाट मुख्य सिटी अलिक टाडा पर्दो रहेछ पछि थाहा पाए।सिटी आउँला आउँला भन्दै आँखाले भ्याए सम्म हेर्दा नि अहँ केही देखिन।खाली सुख्खा फाटँ अनि ठाउँ ठाउँमा केही साना नेपालका कटेराजस्ता घर त्यो पनि टायलले छाएका।

गाडी गएर टक्क अडियो एउटा घरमा।हतार हतार दाईले सामान झिके।दाईलाई काममा जान हतार भएको रहेछ।ईभिनीङ्को सिफ्ट रहेछ।मैले सकि नसकि घचाड्दै लगे आफ्नो लगेज।नेपालमा पातमा कागजमा बेरेर चुरोट बिडी खाएको देखेको थिएँ बजार तिर जाँदा।एकजना बुढा त्यस्तै कागजमा सुर्ती बटार्दै बाहिर निस्के। त्यो पनि पछि थाहा पाए चुरोट किन्न केही महङ्गो हुने भएकोले त्यो किन्दा रहेछन् जसलाई रोलीज भनिदो रहेछ।

कोठा भनौ भने कोठा जस्तो पनि थिएन,पुरै टिनले बारेको जस्तो त्यो बुढोले तेरो कोठा यहि हो भन्दै देखाई दियो।बुढो लेब्निज रहेछ अङ्ग्रेजी बुझ्न मलाई त्यति गार्हो भएन।अनि कोठामा आएर टुसुक्क बस्न पाएको छैन।ए अल्लाह ईलाभेन हन्ड्रेड भन्दै कराउन थाल्यो।मलाई त पाँचसय पचास भाडा भनेको थियो।यसले किन एघार सय माग्छ।यो मुलाले म सोझो जस्तो देखेर पैसा खाने बिचार गर्यो होला।यसलाई म अहिले ५५० मात्र दिन्छु अनि बाँकी भोली दिन्छु भनेर टार्छु।अनि ५५० दिएको मानेन।

न आफुसँग फोन छ न कसैलाई सम्पर्कनै गर्न सक्छु।जसो तसो नेपालबाट ल्याएको चाउचाउ उमालेर त्यो दिनको रात कटाए।अघिल्लो दिन त नजिक जस्तो लागेको थियो तर भोली पल्ट हिडेर ट्रेन स्टेसन आउनलाईनै आधा घण्टा लाग्यो।ट्रेन चड्ने कसरि थाहा थिएन तर लाटी पनि त थिईन। सोधे काउन्टरमा गएर टिकट काटे।अनि सिटी गए कलेजको ईनरोलमेन्ट गर्न।साथीहरुसँग परिचय भयो।बल्ल साहस आयो।त्यो ५५० भनेको पनि बोन्ड रहेछ।साथीहरुले बुझाए।

मलाई फोनको एकदमै आवस्यक थियो।साथीलाई सोधे फोनको लागि केगर्ने होला है।महङ्गो पर्छ होला।बरु नेपालकै पुरानै फोन भए पनि ल्याउन पर्ने रहेछ।सिमकार्ड हालेर कुरा गर्दा हुन्थ्यो।घरमा ममीसँग हिजो त्यहि आए भनेर दाईको फोनबाट कुरा गरेको त्यत्ति हो।त्यसपछि बोलेको नि छैन।कस्तो आत्ति सके म त। ह्या फोनको के टेन्सन लिन्छेस् हौ।पास्पोर्ट त ल्याएको छस् नि।अव एकछिनमै तेरो हातमा म आईफोन थमाई दिन्छु भन्दै त्यो साथीहरुको भिडबाट एकजना प्वाक्क बोल्यो। मैले सोधे हो र! अनि पैसा तिर्न पर्दैन।गएर पासपोर्ट र भिषा देखाउने टक्क ब्रान्ड न्यु आईफोन दिन्छन्।के खोज्छस् कानो आँखो भने झै भयो मलाई पनि।नभन्दै एकैछिनमा पैसो बिना एउटा कागजमा सहि गर्न लगाएर उबेलाको लेटेस्ट आईफोन ४ हातमा बोकेर आईयो।खासै चासो पनि दिएन।के कति तिर्न पर्छ।ईन्टरनेसनल कल के छ। मात्र फोन हातमा पार्नु थियो बस् त्यत्ति।फेरी सबै साथी भर्खर भर्खर आएका आलाकाँचा।कसैले केही भनेनन्।

साँझको लागि केही खानेकुरा अनि तेल मसला लिएर कोठामा जाँदा त त्यो कोठालाई बारेर दुईवटा कोठा बनाई सकेछ घर साहुले।भोलीबाट अर्को मान्छे आउँछ भन्दै।आफुलाई भने वातावरणसँग आत्मियता रामर्री भएको थिएन,कोठामा के के छ अतोपत्तो थिएन, घरको साहुलाई व्यापार गर्न भ्याई नभ्याई रहेछ।धन्न नेपाली जोडीनै रहेछन् आउने र केही भएनी मन हल्का भयो।

हातमा फोन पाएको मस्त घरमा बोलीयो। धित मरुन्जेल कुरा गर्दै सुनाउँदै थिएँ कस्तो अचम्म के पैसा बिना फोन दिदो रहेछ।पास्पोर्ट देखाको भरमा फोन दियो।कस्तो मज्जा।भोली पल्ट बिहानै लेब्नीज बुडोले कफी खान बोलायो।त्यो बुडो परिवारसँग माथिल्लो तला बस्थ्यो।त्यसकोमा लेन्ड लाईन फोन रहेछ।फोन गरौ भनेर सोधेको गर न भन्यो।फेरी नेपाल फोन गरे बुढोले के थाहा पाउँला र भन्दै बुढाकै कुरो काट्दै हाँस्दै ममीसँग कुरा गरे।छ नि ममी यो बुढो पनि हामारा मामाघर तिर खाने कागजमा सुर्ती हालेर खान्छ भन्दै उडाएँ।अनि कस्तो अचम्म यहाँ त राती नौ बजे सम्म घाम लाग्छ भन्दै गफ दिएँ।

यसरि दिन अनि हप्ता र महिना बित्यो।खातामा भएको पैसाबाट स्वात्त $१४० काटेछ भोडाफोनले।अनि बल्ल झनक्क भएर बुझ्न गए भोडाफोनको डिलरको मा।त्यो बेला $७० प्लानमा रहेछ फोन।केही समय निशुल्क रहेछ ईनटरनेशनल कल।त्यस पछि थप शुल्क तिर्न पर्ने रहेछ।के थाहा होमसीक भई रहेको थियो।ममीसँग बोलेको बोलै गरिन्थ्यो।यता बुढाको घरको फोनबाट कुरा गरेको पनि बिल आएछ।उल्टै $५० दिन पर्यो भन्दै थियो।

यता दैनीक टिकट काटेर कलेज अनि काम खोज्न निस्कीन्थे तर साप्ताहिक वा मासिक ट्रेनको टिकट लिदा अझ सस्तो पर्ने रहेछ।सबै कुरा बिस्तारै सिक्दै गएँ। आफु नमरी स्वर्ग देखीदैन भन्थे।आफैले आँट गरेर आए पछि सबै देखीयो, भोगीयो अनि बुझियो तर यो आईफोनको चक्करले भने कहिल्यै छोडेन।आईफोनले नि अपडेट गर्दै जाने अनि आफुलाई पनि त्यहि अनुसारको अपडेटेड भर्सन मन पर्ने।आज आईफोन ७ प्लस सम्म आउँदा पनि डसेको डसै छ यो अस्ट्रलीयाले।

फोटो साभारः डिजीटल जरनल

लेखकः मनोज पौड्याल

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

Manoj Poudyal

The civilisational beauty of Pompeii

Manoj Poudyal

समाजसेवा गर्नलाई एनआरएनएमै उठ्नु पर्छ र??

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349