eNepal

रोयल वेस्टर्न क्लबको आयोजनामा दुइ दिने प्राथमिक उपचार तथा सिपिआर तालिम सम्पन्न

अस्ट्रेलियाको मेलबर्नमा अबस्थित रोयल वेस्टर्न क्लबको आयोजना तथा च्यान्डलर आरटीओको सहकार्यमा दुई दिने निशुल्क प्राथमिक उपचार तथा सिपीआर तालिम सफलता पुर्बक सम्पन्न भएको छ। जनवरी १० र ११ तारिख का दिन Level 1 14/785 Pascoe Vale Road Glenroy मा दिइएको उक्त तालिममा बिभिन्न खेलकुद क्लबका खेलाडीहरु, क्लबका कार्यसमिति सदस्यहरु लगायत नेपाली समुदायका अन्य सहभागीहरुले भाग लिएका थिए। 

भिक्टोरीयामा रहेका बिभिन्न नेपाली खेलकुद क्लवका खेलाडीहरुलाई खेल खेल्ने क्रममा हुन् सक्ने दुर्घटना लगायत अन्य आबस्यक स्वास्थ सम्बन्धि समस्या आइपरेको बेलामा उचित तरिकाले प्राथमिक उपचार गर्न सकियोस भन्ने उदेस्यले संचालित उक्त तालिममा सहभागीहरु सबै निकै उत्साहित भएको र आफ्नो जिवनमा आइपर्ने स्वास्थको बिभिन्न समस्यालाई सहि तरिका अपनाई नियन्त्रण गर्न सक्नुका साथै इमरजेंसी अवस्थामा अपाउने उचित बिधिको पनि जानकारी प्राप्त गरेको बताएका थिए।  

 

यस तालिम कार्यक्रममा सहकार्य गर्दै सामाजिक गतिविधिमा समेत हातेमालो गरि अघि बढ्न पाउदा खुशी लागेको र आगामी दिनहरुमा पनि सहकार्य गर्दै अघि बढ्ने उत्साह मिलेको संस्था च्यान्डलर आरटीओका निर्देशक बसन्त बगाले बताउछन। यस संस्थाले मेलबोर्नमा बिभिन्न तालिमहरु जस्तै प्राथमिक उपचार, सिपिआर, सर्टिफिकेट ३ इन इण्डिभिजियल सप्पोर्ट ( डिज्याबलिटी ) लगायत सर्टिफिकेट ३ इन इण्डिभिजियल सप्पोर्ट ( एजिंग ) का कोर्सहरु संचालन गर्दै आएको छ र संस्थाबाट तालिम लिएका सहभागीहरु निकै सन्तुस्ट रहेको र सम्बन्धित कामहरु पनि प्राप्त गर्न सफल भएको बताएका छन्। 

अस्ट्रेलियन गभर्मेन्ट, डिपार्टमेन्ट अफ सोसियल सर्भिसेसबाट प्राप्त भोलेंटर ग्र्यांट्स एकटिभीटि अन्तर्गत संचालित गरिएको उक्त तालिममा पहिलो दिन २० जना र दोश्रो दिन १७ जना गरि जम्मा ३७ जना सहभागी भएका थिए।  तालिममा सहभागी रोयल वेस्टर्न क्लबका म्यानेजर दिपेन्द्र खड्काले तालिमबाट प्राथमिक उपचारमा अपनाउनु पर्ने बिभिन्न तरिकाहरु जानकारी प्राप्त गरेको र यसबाट आफुमा स्वास्थ सम्बन्धि केहि समस्या आइपरेमा कसरी ट्याकल गर्ने भन्ने सहि तरिकाहरु सिक्न पाउदा खुशीका साथै कन्फ़िडेन्स पनि बढेको बताएका छन्। तालीममा सहभागीहरुलाइ खाजाको पनि ब्यबस्था गरिएको थियो ।

तालिम कार्यक्रमका संयोजक क्लबका उपाध्यक्ष रोशन दाहालले प्राथमिक उपचार तथा सिपिआर तालिम संचालन गर्न पाउदा क्लब निकै खुशी रहेको बताउदै सम्पूर्ण सहभागीहरु लगायत तालिम संचालनमा सहकार्य गर्दै सहयोग पुर्याएकोमा च्यान्डलर आरटीओ संस्था परिवार प्रती हार्दिक धन्यबाद व्यक्त गरेका थिए र आगामी जनवरी २६ तारिख, फेब्रुअरी १२ र १३ तारिखमा क्लबले अस्ट्रेलियामा नेसनवाइड ब्लड/प्लाज्मा डोनेसन कार्यक्रम संचालन गर्न लागेको पनि बताएका थिए।

Related posts

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

अमेजीङ प्यारेन्ट्सले फरक क्षमताका बालबालिका र उनीहरुका अभिभावक लक्ष्क्षित गर्दै दशै तथा दिपावली कार्यक्रम गर्दै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349