eNepal

भिक्टोरीयामा आज रातीबाट पुन: लगाइदै छ यी प्रतिबन्ध

ओमिक्रोन भेरियन्ट बढेसँग भिक्टोरियामा पुन: कोभीड १९ प्रतिबन्धहरुमा परिबर्तन हुने भएको छ।

आज राती ११:५९ बजे देखि आतिथ्य र मनोरन्जन स्थलहरूमा विवाह बाहेक भित्री डान्स फ्लोरहरू बन्द हुने छन् भने अस्पतालहरूमा आउने आगन्तुकहरूले खोप लगाएको हुनुपर्नेछ र प्रवेश गर्नु अघि एन्टिजेन परीक्षण नकारत्नक आएको हुनुपर्नेछ।

कोभीड १९ ज्याब नलगाएको वयस्कहरूले अस्पतालहरू जाँदा N-95 मास्क लगाउन पर्ने छ।

वृद्ध हेरचाह गृहमा आगन्तुकहरूले प्रवेश गर्नु अघि नकारात्मक RAT नतिजा देखाउन पर्नेछ भने मानिसहरूलाई सम्भव भएसम्म घरबाट काम गर्न र अध्ययन गर्न सल्लाह दिइएको छ।

मानिसहरूलाई व्यस्त ठाउँहरूमा प्रवेश गर्नु अघि आफैले एन्टिजेन परीक्षण गर्न सल्लाह दिइएको छ।

आइसोलेसन नियमहरूमा परिबर्तन गर्दै खुद्रा सुपरमार्केटका कामदार, लगायत खाद्यान्न र पेय पदार्थहरूको उत्पादन, वितरण वा प्याकेजिङ गर्ने कामदारहरूलाई कोभिड-१९ नजिकको सम्पर्कमा आएमा अलग्गै बस्नबाट छुट दिइएको छ।

Related posts

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349