न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टाको अवधिमा थप ९२ हजार २ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २२ जनाको निधन भएको भिक्टोरीया स्वास्थ्य बिभागले जनाएको छ।
त्यस्तै २ हजार ३ सय ८३ जना अस्पतालमा छन् भने १८२ जनाको आइसीयुमा उपचार भइ रहेको छ।
सरकारले र्यापिड टेस्टमा पोजेटिभ देखिएमा नयाँ प्रणाली मार्फत रिपोर्ट गर्न आग्रह गरेको छ। अन्यथा $ १००० जरिवानाको नियम लागु गरेको छ।