भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप ३७ हजार १ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २५ जनाको निधन भएको भिक्टोरीया स्वास्थ्य बिभागले जनाएको छ।
सोहि अवधि भर ६२ हजार ४ सय ६ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या २ लाख २१ हजार ७ सय २६ रहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा २४ हजार ८ सय ३२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या ५२ लाख १४ हजार ९ सय १३ पुगेको छ।
त्यस्तै ९ सय ५३ जना अस्पतालमा छन् भने १११ जनाको आइसीयुमा उपचार भइ रहेको छ।