eNepal

हामी कोभीड सेफका नियम पालना गर्दै एनएभी क्रिकेट प्रतीयोगिता सफल बनाएरै छाड्छौ

नेप्लिज एसोसिएसन अफ भिक्टोरियाको बहुप्रतिक्षित र प्रतिष्ठित खेलकुद प्रतियोगिता  “१७औँ एनएभी क्रिकेट कप २०२२” भिक्टोरीयामा कोरोना सङ्क्रमितको संख्या बढेसँगै एक हप्ता पछाडी सारीएको छ। ९ जनवरीबाट प्रतियोगिता शुरु गर्नका लागि सम्पुर्ण तयारी पुरा हुँदै गर्दा भिक्टोरीयामा बढ्दो कोरोना सङ्क्रमितको सङ्ख्या र कोभीडको बढ्दो प्रभावले सिर्जना गरेको बद्लिदो परिस्थितिलाई मध्य नजर लगाउँदै तत्काललाई स्थगित गर्दै आगामी १६ जनवरीबाट पुन: शुरु हुने न्याभले जनाएको छ।

कोभीडले सिर्जना गरेको बद्लिदो परिस्थीतीलाई मध्यनजर लगाउँदै कोभिड-१९ का नियमलाई कसरी पालना गर्ने अनि आफू र समुदाएकलाई कसरी संक्रमणबाट बच्ने बचाउन सकिन्छ भन्ने विषयमा गएको ९ जनवरी आइतबार भर्चअल प्रविधीबाट छलफल कार्यक्रम सम्पन्न गरेको थियो।

उक्त छलफल कार्यक्रमले सविन अधिकारीलाई कोभिड अफिसर नियुक्त गरेको थियो। उहाँले टुर्नामेन्टका लागि कोभिड सम्बन्धि नियम र आउन सक्ने परिस्थितिका बारेमा उपस्थित खेलाडी अन्य सत्रभागीतालाई जानकारी गराउनु भयो।

न्याभका उपाध्यक्ष तथा न्याभ कप प्रतियोगिताका संयोजक प्रेम राज उप्रेतीले कोभिडबाट सतर्क रहेर प्रतियगितालाई कसरी सफल बनाउन सकिन्छ भन्ने बिषयमा आफ्नो बिचारहरु राख्नु भयो। साथै भिक्टोरीयन सरकार स्वास्थ्य बिभागले जारी गरेका कोभीड सम्बन्धि सबै नियम पालना गर्दै प्रतियोगीतालाई भव्य रुपमा कोभीड फ्री प्रतियोगिताको रुपमा मनाउने पनि जानकारी गराउनु भयो। समुदायको सुरक्षा र कल्याण सुनिश्चित गर्न र COVID-19 को जोखिम न्यूनीकरण गर्न  उपस्थित सबै खेलाडी एवम् अतिथीहरूले दोहोरो खोप लगाइएको र कोभीड सेफका नियमलाई पालना गर्न समेत अनुरोध गर्नु भएको छ।

उक्त भर्चुअल कार्यक्रममा टुर्नामेन्टका सल्लाहकारहरु बिनित राज शर्मा, राजेश आचार्य, हरि खड्का, रामचन्द्र पौडेल, राम गुरुङ लगायत व्यक्तित्वहरुले कोभिड सम्बन्धि सतर्कताका लागि थप सल्लाह-सुझाव दिनुभएको थियो। 

एएनएमसीका अघ्यक्ष राजेश आचार्यले कोभिडको समयमा पनि सतर्कता अपनाउंदै टुर्नामेन्ट आयोजना गर्न लागेकोमा आयोजक टिम र विशेषगरी संयोजक प्रेम राज उप्रेतीलाई धन्यवाद व्यक्त गर्नुभयो। उहाँले प्रतियोगिका अवधिभर नेपाली बहुसांस्कृतिक केन्द्रको प्रबर्द्धन गर्दै जनचेतना जगाउनुपर्ने धारणा राख्नुभएको थियो। यस वर्षको न्याभ क्रिकेट कपले बिभीन्न च्यारिटी म्याचहरुका साथै युगल जोडी प्रतियगितापनि सन्चालन हुनेछन्। च्यारिटी म्याच मार्फत उठेको सहयोग रकम भिक्टोरीयावासी नेपाली समुदाएको गौरवको रुपमा रहेको “नेपाली सामुदायिक केन्द्र” प्रवर्द्धन गर्न सहयोग गरिने जनाएको छ।

अर्का सल्लाहकार एवम् मल्टी डाइनामिक मेल्बर्नका प्रतिनीधी बिनित राज शर्माले खेलकुदलाई रोक्ने सरकारको कुनै नियत नभएको बताउनुभयो।अस्ट्रेलीयाको एशेज सिराज जारी छ र अष्ट्रेलियन ओपन टेनिस पनि तयार अवस्थामा रहेकोले यो प्रतियोगिता पनि अगाडि बढ्नु पर्छ र समुदायको लागि उदाहरण स्थापित गर्नुपर्ने धारणा राख्नु भएको थियो। उहाँले सबै मिलेर टुर्नामेन्ट सफल बनाई अन्य समुदायमाझ पनि उदाहरण बन्नुपर्ने बताउनुभयो। 

त्यसैगरी १७औं न्याभ टुर्नामेन्टको मूख्य प्रायोजक संस्था ग्रेस इन्टरनेशनलका डाइरेक्टर राम चन्द्र पौडेलले परिस्थिति सहज नभएको चुनौतीपूर्ण समयमा न्याभले जुन हिम्मत र आँट लिएर प्रतियोगिता आयजना गर्ने सङ्कल्प लिएकोमा न्याभको यो सकारात्मकता र समुदायप्रतिको समर्पणको लागि प्रशंसाको हकदार रहेको उल्लेख गर्दै यस प्रतियोगितालाई भव्य बनाउन न्याभलाई सबैले साथ र सहयोग गर्नुपर्ने बताउनु भयो।

एनआरएनए भिक्टोरिया संयोजक हरि खड्काले  यस प्रतियोगितालाई सफलतापूर्वक आयोजना गर्न एनआरएनए सहयोग गर्न तयार रहेको बताउनु भयो ।

टुर्नामेन्ट सल्लाहकार तथा न्याभ अध्यक्ष राम गुरुङले टिमको यो दृढताको प्रशंसा गर्दै सहभागी सबैलाई शुभकामना दिनुभयो। 

कार्यक्रममा टुर्नामेन्टमा सहभागी हुने दश वटै टिमका क्याप्टेन र म्यानेजरको सहभागिता रहेको थियो।१७औं ग्रेस न्याभ टुर्नामेन्ट संयोजक प्रेम राज उप्रेतीले यो बिषम परिस्थितीमा पनि खेलाडी, क्लब, प्रायोजक संस्था, समुदायका अगुवा लगायत सम्पूर्णबाट अत्याधिक सहयोग पाएकोमा खुसी व्यक्क गर्दै सबैको सल्लाह-सुझाव बमोजिम अगाडी बढ्ने र प्रतीयोगितालाई भव्यताका साथ सम्पन्न गर्ने प्रतिबद्दता व्यक्त गर्नु भयो।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

Manoj Poudyal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

Manoj Poudyal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

Manoj Poudyal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

Manoj Poudyal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349