नेपाली राष्ट्रियताका प्रणेता र आधुनिक नेपालका निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सम्मान अनि सम्झनामा यस वर्ष पनि ‘अन्तर्राष्ट्रिय नेपाली दिवश’ एबम् पृथ्वी जयन्ती मनाइने भएको छ।
अष्ट्रेलियामा यतिखेर रहेको कोरोनाको ओमिक्रोन प्रकोपका कारण सरकारले तोकेका कोभिड-१९ मापदण्डको पालना गर्दै सबै राज्यहरूमा ‘अन्तर्राष्ट्रिय नेपाली दिवश’ कार्यक्रमको तयारी पुरा भईसकेको अन्तर्राष्ट्रिय नेपाली दिवश’ संयोजन समितीका सदस्य मदनमणि अधिकारीले जानकारी गराउनु भयो। कोभिड-१९ केशहरूको अवस्था हेरेर राज्य राज्य तथा शहर शहरका कार्यक्रमको विवरणको अपडेट सम्बन्धित राज्य तथा शहरमा रहनुहुने नेपाली माझ पुर्याईने बताउनु भयो।
सन् २०११ देखी नै अष्ट्रेलियामा नेपालीहरूले सिड्नी साथै अन्य शहरहरूमा ‘राष्ट्रिय एकता दिवश’ कै रूपमा बिभीन्न अन्तर्क्रियात्मक कार्यक्रम गरेर पृथ्वी-जयन्ती मनाउने गरेकोमा गत सन् २०१९ देखी यसलाई ‘अन्तर्राष्ट्रिय नेपाली दिवश’का रूपमा भव्य र व्यापक रूपमा मनाउन थालिएको छ। त्यसैको निरन्तरता एवं नेपाली पहिचानको गौरवपूर्ण स्वीकारलाई साक्षात्कार गर्ने अवसरका रूपमा ‘अन्तर्राष्ट्रिय नेपाली दिवश’को स्वरूपमा पृथ्वी-जयन्तीलाई यस वर्ष पनि गौरव, श्रध्दा र नेपाली एकताको त्रिवेणी बनाउने प्रयासमा आयोजक जुटेको छ।
आगामी पौष २७, २०७८, मङ्गलवार बिहान १० बजे देखी ५ बजे सम्म (सिड्नीको समय अनुसार) 11 January, 2022 Auburn Park, Hutchinson Street, Auburn NSW मा आयोजना हुन लागेको बिशेष कार्यक्रमलाई भव्यताका साथ सफल बनाउन सबैलाई गौरवपूर्ण उपस्थितीको लागी आमन्त्रण गरीएको छ।
अष्ट्रेलियामा नेपाली जनसंख्यासँगै नेपाली पहिचान र एकताका लागी अन्तर्राष्ट्रिय रूपमा नै एक नेपाली समुदायको पहिचानलाई बलियो बनाउने हिसाबले अन्तर्राष्ट्रिय नेपाली दिवश मनाउन सुरू गरिएको संयोजन समितीका सदस्य डिलाराम खरेलले बताए।नेपाललाई एकीकृत गर्ने युगनायकका रूपमा रहेका पृथ्वीनारायण शाहको जन्मदिवश पारेर नै विश्वभर रहेका नेपालीलाई एउटै मालामा संगठित हुन र प्रगतीको लक्ष पहिल्याउन सहज बनाउने हाम्रो उदेश्य रहेको भन्दै त्यसका लागी नेपाली युवा उद्यमीबाट पहल पनि सुरू भईरहेको जनाए ।
पृथ्वीनारायण शाहको बारेमा गलत न्यारेटिभ स्थापना गर्ने र नेपाली ईतिहासलाई नै दुत्कार्ने दुष्प्रयास नेपालबाट नै बारम्बार हुनुले अन्तर्राष्ट्रिय रूपमा नेपालीलाई कमजोर बनाउन लागिएको संयोजन समितीका सदस्य दीपक पौडेलको भनाई रहेको छ। विश्वभर रहेका नेपालीहरूले आफ्नो पहिचान र ईतिहास प्रति गौरव जताउने पुष २७ नै एउटा उत्कृष्ठ तिथी रहेको बताए।
नेपाली जातिय गौरवको दिन पारेर विश्वभर नै मनाउन लागिएको यो दिनको सन्देश नेपाली जहाँ भएपनि र जस्तो अवस्थामा रहेपनि उनीहरूको भावना र मनमा ऐतिहासिक बृहद नेपाल र नेपाली संस्कृति रहेको आयोजक कमिटिमा सदस्य मदनमणि अधिकारीले बताए।अधिकारीले नेपाली भएको प्रति उनीहरूलाई गर्व छ भनेर प्रदर्शनको अवसर पनि पुष २७ नै हो भन्दै नेपाली संस्कृती, भाषा र धर्म प्रतिको कर्तव्यबोध गरेर विश्वका सबैजसो मुलुकमा पुगेका साथीहरूले यसलाई अगाडी बढाउन सुरू गर्नुभएको छ त्यसका लागी सबैलाई हार्दिक कृतज्ञता जनाएका छन् l