eNepal

घर बनाउदै हुनुहुन्छ व्यबसायी भवन निरीक्षक अनिबार्य राख्नुहोस्: डा. युगेन्द्र रेग्मी

डा.युगेन्द्र रेग्मी सिभिल इन्जिनियरिङ क्षेत्रमा १० वर्षभन्दा बढी अनुभव बटुली सकेका इन्जिनियरको रुपया परिचित छन्।नेपाल, जापान र अष्ट्रेलियामा बिभीन्न कालखण्डमा पूर्वाधार, पानीको गुणस्तर, आवासीय निर्माणका क्षेत्रमा १० वर्षभन्दा बढी काम गरेको अनुभव छ।

डा युगेन्द्र रेग्मी निर्माण इन्जिनियरिङमा पीएचडी गरेका छन् र प्रोफेसनल सिभिल इन्जिनियरका रूपमा परियोजना प्रबन्धकको रूपमा काम गरी सकेका छन्। उनले सिभिल पूर्वाधार आयोजनाहरूमध्ये जोखिम र परियोजनाको गुणस्तर व्यवस्थापनका साथै भवन निर्माण ठेकेदारको कानुनी दायित्व व्यवस्थापनमा समेत संलग्नता रहेको छ।

विगत ५ वर्षदेखि विभिन्न दर्ता भएका तालिम संस्थाहरूसँग भवन तथा निर्माण, नेतृत्व र व्यवस्थापन र परियोजना व्यवस्थापनमा प्रशिक्षक तथा मूल्याङ्कनकर्ताको रूपमा पनि कार्यरत रेग्मी पछिल्लो समय Jim’s Building Inspections सँग आबद्द रहेका छन्। आफ्नो वर्षौंको अनुभव र जोशलाई सदुपयोग गर्ने र आफ्ना ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्ने उत्कृष्ट अवसरको रुपमा यो पेशालाई लिनु भएको छ।

डा.युगेन्द्र रेग्मी नेपाली समुदायमा सामाजिक सेवामा पनि संलग्न हुनुहुन्छ। उहाँ सामुदायिक नेतृत्व नेपाल फाउण्डेशन लिमिटेड (CLNF) का एक निर्देशक समेत हुनुहुन्छ जहाँ उहाँले समुदायमा आधारित परियोजनाहरूको विकासमा नेतृत्व भूमिका प्रदान गर्दै आउनु भएको छ। कडा परिश्रम र समर्पित व्यक्तिमा विश्वास गर्ने रेग्मी ग्राहक सेवा सकारात्मक नतिजाको कुञ्जी हो भन्नेमा विश्वास गर्छन्। 

Jim’s Building Inspections

यो सेवालाई आफ्नै समुदायमा विस्तार गर्न र भिक्टोरियाभरि व्यावसायिक भवन सल्लाहकारको रूपमा आफ्नो विशेषज्ञता सेवा गर्न अभिप्रायका साथ डा. रेग्मीले व्यबसायी भवन निरीक्षणको इजाजत लिनु भएको छ।

उहाँ भन्नु हुन्छ घर बनाउने या किन्ने कुरा मानिसको जिन्दगी भरीको बचत अनि सुन्दर सपनासँग जोडीएको हुन्छ। घर किन्नु वा बनाउनु सजिलो पक्कै छैन। तर हामी केही पैसा बचत गर्ने अभिप्रायले घरको व्यबसायी निरीक्षण गर्न हिच्कीचाउँछौ।घर निर्माण गर्दा के कस्ता कुराहरुमा त्रुटी हुनसक्छ यो बिषयमा अनबीज्ञ हुँदा पछी घरले पिरोल्ने र अनावास्यक दुख दिन सक्छ। त्यो झन्झटलाई कम गराउन पनि हामीले व्यबसायीक भवन निरीक्षण राख्न जरुरी देखीन्छ।

व्यावसायिक क्षतिपूर्ति र सार्वजनिक दायित्व बीमा पूर्ण रूपमा  गरिएको छ Jim’s Building Inspections को स्वामित्व लिनु भएका रेग्मीले पूर्व-खरीद भवन निरीक्षण (Pre-purchase Building Inspections), टर्माइट र टिम्बर कीट निरीक्षण (Termite & Timber Pest Inspections), नयाँ निर्माण र नवीकरण निरीक्षण (New Construction & Renovation Inspections), Safe2Rent र सम्पत्ति अवस्था रिपोर्टहरू (Property Condition Reports), एस्बेस्टोस निरीक्षण र सेवाहरू (Asbestos Inspections & Services) लगाएत प्रोपर्टी मूल्यह्रास अभिलेख (Property Depreciation Schedule) आदी कार्य गर्दै आउनु भएको छ।

Dr Ugendra Regmi
Jims Building Inspections Williams Landing
M: 0452 541 321
E: williamlanding@jimsbuildinginspections.com.au

Related posts

नेपाल फेस्टिबल मेल्वर्नमा नै मैले मेरो मायालाई भेटेको हुँः कन्दरा गायक विवेक श्रेष्ठ

Manoj Poudyal

एक दिनको अवधिमा सम्रग नेपाललाई प्रतिनिधित्व गराउने महोत्सव हो नेपाल फेस्टिभल: ऋषि कँडेल

Manoj Poudyal

कला भिक्टोरीयाले रक्षा वन्धन एवम् जनै पुर्णिमा मनाउँदै

Manoj Poudyal

नेपाल फेस्टीभल पछिल्लो पुस्तालाई नेपाल चिनाउने एउटा उत्सवको रुपमा मान्छु -समाजसेवी बम योन्जन

Manoj Poudyal

समाज र समूदायको साथमा छौं भन्नका लागि यो निर्णय गरेका हौं-इन्द्र गुरुङ्ग ब्लूबेरी रियलस्टेट

Manoj Poudyal

प्रत्यक्ष दोहोरीको साथ मेल्बर्नमा रम्झम साँझ हुँदै

Manoj Poudyal