भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप ५१ हजार ३ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ९ जनाको निधन भएको भिक्टोरीया स्वास्थ्य बिभागले जनाएको छ।
सोहि अवधि भर ८९ हजार ५ सय १८ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या ८३ हजार ३ सय ९० रहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा २० हजार ७ सय ७६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या ५१ लाख १७ हजार ४ सय ६५ पुगेको छ।