eNepal

अरुलाई देखाउने होडबाजीमा आफै नाङ्गीयौ

छँदा खाँदाको जागीर,घर पायकको काम,बिहान घरको भात खाएर गयो खाँजा खान घरै आउँदा भ्याईन् थियो।त्यति नजिकैको कामलाई लात हानेर अरुको कुरामा लागेर एकै चोटी थुप्रो कमाउने आशमा बिदेश हानीयो।

सधैको कचकच फलानोले यस्तो गर्यो उस्तो गर्यो,घर किन्यो, यति जोड्यो,उती जोड्यो हामी भने उही हात मुख जोड्यो बस्यो।न आफुले भन्या जस्तो रहर पुरा गर्न पाईएको छ।सधैको कचकच।ह्या बुढा के त्यो २५००० दाम आउने जागीरमा झुन्डेर बसेको।बरु जाउँ हो हामी पनी बिदेश।पल्ला घरका दाईको हिजो सम्म केही थिएन।१००००को जागीर खाएर खिस्रीक्क परेर बसेका थिए।लिन्ठीङ लिन्ठीङ हल्लिदै अफीस जान्थे।कहाँबाट बुद्दीमा बत्ती बलेछ कुन्नी।हेर त अस्ती आउँदा कत्रो शान।धन्न आँखै जधेर मात्र बोलेका नत्र त तिमीलाई टेडपुच्छर लाउँदैन थिए।बुढीको नि कत्रो धमास।अस्ती सम्म लौन हौ बहिनी बुढाले तलब ल्याए पछि दिई हाल्छु नि।सुनको भाउ घट्या रहेछ यहि मौका छोपेर एउटा मारवाडी बनाउन पर्यो।के गर्ने पुरानो जमानामा लाउने गहना फेशनमा आई रहेछ भनेर पैसा उधारो माग्थी।हेर त आज के गोडा दुईएक बर्ष बिदेश बसेकी थिई।आम्मामा त्यसको रवाफ।पुरै बिदेशी स्वाङ देखाउन थालीछ।सरकारी गाडीमा चड्न हुन्न रे।अस्ती सम्म माईक्रोमा रक्नपार्क कोचेर गएको बिर्सीछ।लौन अव देखाउन भए पनि जानुपर्यो बिदेश।

खान बस्न आनन्दले पुगेकै थियो।रहरहरु बिस्तारै परिपुर्ती हुँदै थिए।एक्कै चोटी धुरी पुग्ने सपना देखेको पनि थिईन।बिस्तारै चड्न पर्छ हतारमा बाँदरको जस्तो ताण्डव देखाउन हुन्न नत्र बाँदर बाठो भयो भने के हुन्छ त्यो मलाई राम्रोसँग थाहा थियो।तर मेरो केही डेग चलेन।सधैको कच्कचले अन्तत: दुबैको पासपोर्ट बनाएर आफ्नो मनलाई आफैले बुझाउँदै त्यस्तो राम्रो घर पायकको जागीरबाट राजिनामा दिदै हानीए बिधार्थी भिसामा अस्ट्रेलीया।

बिदेश भन्ने बित्तीकै पुरै सुखसयल हुन्छ भन्ने मलाई कत्ति पनि थिएन।दुखकै जिन्दगी हो बिदेशको मलाई राम्रोसँग थाहा थियो।अनि सुतेर खान नपुग्ने पनि मैले बुझेको थिए।अनि काम खोज्नै लाग्यो दुई तिन महिना।नेपालमा गफ लगाएको भरमा खाएको बानी यहाँ त गफ पनि कसले सुन्दिने।घरमा सधै बस्दा बस्दा वाक्क लागे पछि काम गर्ने उसले मनसाय राखिन्।अव काम कस्तो गर्ने न कुनै शिप छ न कुनै दक्षता।गफ लाएर काम पाईन्न।एकदिन साथीको श्रीमतीलाई भनेर क्लिनीङमा पठाएको बेलुका हल्ली न चल्ली भएर आईन्।दुई दिन पुरै रेस्ट।खान समेत बेडमा लैजानु पर्ने अवस्था थियो।

यसरी नेपालको काम सम्झदै जसो तसो पढाई बढ्दै जाँदै थियो।साथीहरुको घरमा जाँदा राम्रो गाडी अनि त्यहि अनुसारको लिभीङ स्टान्डर्ड।उसलाई पनि त्यस्तै चाहिन थाल्यो।आफुलाई चाँही कत्ति पनि यहाँको बसाई मन परेको थिएन तर उसलाई पिआर लिएर यतै बस्ने ईच्छा थियो।नेपालमै रहेको भए सायद पदोन्नती भएर अधिकृत भई सकिन्थ्यो होला तर यहाँ कुचीकार।आफैलाई आफ्नो जिन्दगी देखी उदेख लाग्थ्यो।कलेज सकेर साँझको काम भ्याएर घर जाँदा कत्तिखेर ओच्छ्यानमा बङरङ्ग ढलौ जस्तो हुन्थ्यो।

यसरि ढाडलाई सोझ्याउन नपाउँदै अहोरात्र गरेर पढाई सकियो।त्यसपछि पाईने अस्थाई बसोबासको अनुमती पाईने भिसामा गई सक्दा सस्तो गाडीले नभएर महङ्गो रकमको ब्रान्डेड गाडी किनीयो ईन्सटलम्यान्टमा। चढ्दा त मजै आउने तर महिना पगेर बैकले स्वात्त काट्दा कहिले काँही ग्रोसरी पसलमा सामान किनेर कार्ड सुगाउँदा डिक्लाईन हुन्थ्यो।नेपालमा भए उदारो चल्थ्यो तर यहाँ नचल्ने फेरी क्रेडीट कार्ड घोट्यो जतापनि घाटो।

के गर्ने देखावटी समाजमा बाँचेका हामी।देखाउनलाई खान पर्ने,देखाउनलाई लाउन पर्ने,देखाउनलाई घुम्न जान पर्ने अनि देखाउनलाई ऋृणमा भए पनि टाईफुट्टी लाउन पर्ने।आफ्नो घाँटीको प्वाल कहिल्यै नहेर्ने अनि जे पनि छिराउन खोज्ने।थाहा छ निल्यो भने अड्किन्छ तर देखाउने होडबाजीले बजारमा देखाईएको डमीनै भै सकेको थियो।

साथीसँग कोठा सेयर गरेर भएन राम्रो अपार्टमेन्ट चाहिन थाल्यो।होलीडे मनाउन नेपाल जाउँ भन्दा तैट नेपाल पनि जान्छन् भन्दै युरोप र अमेरीका जान थालीयो।मात्र केबल अरुको सेखी झार्न।अरुलाई उनीहरु भन्दा फरक र भैङकर देखाउन।आफु एक अंश पनि अरु भन्दा कम्जोरी छैन भनेर खोक्रो रवाफ अनि क्षणिक ढर्रा देखाउन।तर अँह यो क्रम रोकिएन।पखेस् तलाई भन्ने रिसले आफु नाङ्गीएको पत्तै भएन।अहिले यस्तो घडीमा छु न फुत्त सबै छोडेर न त नेपालनै जान सक्छु न यहाँको ऋृण तिर्नेनै कुनै सामर्थ्य छ।जिन्दगी यस्तो ठाउँमा आएर अडेको छ कि खाउ भने दिन भरी शिकार नखाउँ भने कान्छा बाउको अनुहारको दोसाँधमा उभिएको छु।भिरको चिन्डो जस्तो भएको छु।
लेखकः मनोज पौड्याल

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

Manoj Poudyal

The civilisational beauty of Pompeii

Manoj Poudyal

समाजसेवा गर्नलाई एनआरएनएमै उठ्नु पर्छ र??

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349