भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप १४ हजार २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २ जनाको निधन भएको भिक्टोरीया स्वास्थ्य बिभागले जनाएको छ।
सोहि अवधि भर ६० हजार ५ सय १५ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या ४८ हजार २ सय ९७ रहेको छ ।
कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अस्ट्रेलियाभर बढ्दै गएको छ। हिजो मात्रै भिक्टोरीयामा ८ हजार ५ सय ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।
सङ्क्रमीतको सङ्ग्या बढ्दै जाँदा प्रधानमन्त्री स्कट मरिसनद्धारा ‘क्लोज कन्ट्याक्ट’मा परेकाहरूलाई ऱ्यापिड एन्टीजेन परीक्षण किट निःशुल्क दिने बताएका छन् यद्दपी सबैका लागि निःशुल्क भने नहुने स्पष्ट पारेका छन्।