eNepal

१७औं न्याभ कप क्रिकेट टुर्नामेन्टको तयारी अन्तिम चरणमा, दश टीमले सहभागीता जनाउँदै

नेप्लिज एसोसिएसन अफ भिक्टोरियाको सिग्नेचर कार्यक्रमहरु मध्यको बहुप्रतिक्षित र प्रतिष्ठित खेलकुद प्रतियोगिता  “१७औँ एनएभी क्रिकेट कप २०२२” आगामी ९ जनवरीबाट C H Sullivan Memorial Park, Reservoir हुँदैछ।

द ग्रेस इन्टर्नेश्नल मुख्य प्रायोजन रहेको १७ औं न्याभ कप २०२२ को प्रेस मिट हङ्ग्री आई एशियन फ्युजन एण्ड बारमा गएको आइतबार आयोजना गरिएको थियो। उक्त प्रेस मिटमा ग्रेस इन्टरनेसनलबाट रामचन्द्र पौडेल, न्याभका अध्यक्ष राम गुरुङ, एएनएमसीका सचीव नारायण काफ्ले, एएनएमसी सदस्य अनन्त पौडेल लगाएत अतिथिको रूपमा उपस्थित रहेको थियो। 

न्याभका उपाध्यक्ष तथा संयोजक प्रेमराज उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन एनएभीका कोषाध्यक्ष डा याकिन्द्र तिमिल्सिनाले गरेका थिए ।

प्रतियोगितामा दश नेपाली क्रिकेट क्लबहरु गोर्खाली क्रिकेट क्लब, एक्सपर्ट सागरमाथा क्लब, गुल्मी टाइगर्स क्रिकेट क्लब, एभरेष्ट लायन, द हिमालयन क्लब, रोयल राइनोज क्रिकेट क्लब, फरवेस्ट हन्टर्स , ग्लोबल इन्टरफेस क्रिकेट क्लब, माभेन क्रिकेट क्लब र नर्रे किंग्सको सहभागिता रहेको छ । 

प्रेस मीटको अवसरमा सबै क्लवका क्याप्टेन र प्रतिनिधिहरूको उपस्थिती रहेको थियो।सोही दिन ड्र मार्फत समूह विभाजन गरिएको छ । समूह ए मा फारवेस्ट हन्टर्स, ग्लोबल इन्टरफेस, माभेन, नर्रे किंग्स र हिमालयन क्रिकेट क्लब रहेका छन् भने समूह बी मा एक्सपर्ट सगरमाथ, आरआरसीसी, गुल्मी टाइगर्स, गोर्खाली र एभरेष्ट लायन रहेका छन् ।

भिक्टोरीयामा रहेका नेपाली क्रिकेट खेलाडीहरू बीच शान्ति र सद्भाव प्रवर्द्धन गर्दै धेरै प्रतिक्षित र हामी सबैको नेपाली कम्युनिटी सेन्टरको महत्वबारे चेतना जगाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नेपाली डायस्पोरा बीचको सबैभन्दा प्रतिष्ठित र लोकप्रिय खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने सबै सहभागी खेलाडीहरूलाई  प्रायोजकहरुबाट आत्मबल र मनोबल बढाउने हेतुले आकर्षक नगद पुरस्कार राशीको बर्षात भएको र यो बर्ष पनि प्रायोजकहरुबाट सोही आकर्षक पुरस्कार रहेको न्याभका उपाध्यक्ष एवम् न्याभ कप संयोजक प्रेमराज उप्रेतीले जानकारी गराउनु भयो। के कती पुरस्कार राशी भन्ने कुरा चाँही अहिलेलाई गोप्य राखिएको बताउनु भयो।

यस वर्षको न्याभ क्रिकेट कपले बिभीन्न च्यारिटी म्याचहरुका साथै युगल जोडी प्रतियगितापनि सन्चालन हुनेछन्। च्यारिटी म्याच मार्फत उठेको सहयोग रकम भिक्टोरीयावासी नेपाली समुदाएको गौरवको रुपमा रहेको “नेपाली सामुदायिक केन्द्र” प्रवर्द्धन गर्न सहयोग गरिदैछ। यस प्रतियोगितामा पहिलो हुने टिमलाई नगद २००० र दोश्रो हुने टिमलाई नगद १००० नगद राशीका साथमा ट्रफीको व्यवस्था गरिएको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

Manoj Poudyal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

Manoj Poudyal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

Manoj Poudyal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

Manoj Poudyal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349