eNepal

नयाँ भेरियन्ट ओमिक्रोनको असर फोक्सोमा कम घाँटीमा भने बढी देखिने

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका कारण विश्वमा त्रास फैलिरहेका बेला यसले फोक्सोमा धेरै हानी नगर्ने अध्ययन सार्वजनिक भएको छ ।

बेलायतमा ६ वटा अनुसन्धान समूहले गरेको अध्ययनले ओमिक्रोन भेरियन्टले फोक्सोमा कम असर गर्ने देखिएको हो । तर, घाँटीमा भने बढी असर देखिने गरेको युनिभर्सिटी अफ लिभरपुल मोलकुलर भाइरोलोजी रिसर्ज ग्रुपले प्रकाशित गरेको अध्ययनले देखाएको बेलायती अखबार द गार्जियनले जनाएको छ ।

युनिभर्सिटी कलेज लण्डनका भाइरोलोजी  प्राध्यापक दीनन पिल्लेले अध्ययनमा ओमिक्रोन सङ्क्रमित बिरामीको फोक्सोमा कम हानी भएको पाइएको बताउनु भएको छ । मुसामा गरिएको अध्ययनले अन्य भेरियन्टले भन्दा ओमिक्रोनले फोक्सोलाई १० प्रतिशत कम हानी गरेको पाइएको हो ।

ओमिक्रोन सङ्क्रमित मुसाको तौल खासै नघटेको तथा निमोनिया भए पनि सामान्य मात्र असर देखिएको खबरमा उल्लेख छ । यो भेरियन्ट नाक तथा घाँटीमा रहरिहने भएकाले खोक्दा, हाँछ्यु गर्दा छिटोछिटो अरु व्यक्तिमा सर्ने गरेको अनुसन्धानकर्ताले बताएका छन् ।  

यस्तै, दक्षिण अफ्रिकाको तथ्याङ्कलाई आधार मान्ने हो भने पनि त्यहाँ डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोनबाट सङ्क्रमित बिरामीको ज्यान जाने जोखिम ८०  प्रतिशतले कम छ । यसअघि बेलायतको स्वास्थ्य सुरक्षा निकायले आफ्नो प्रारम्भिक अध्ययनमा पनि अन्य भेरियन्टले भन्दा ओमिक्रोन कम घातक भएको जनाएको थियो ।

अध्ययनले ओमिक्रोन भएका झण्डै ७० प्रतिशत बिरामी अस्पताल भर्ना हुनु नपर्ने देखाएको थियो ।   विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले भने केही दिन अघि ओमिक्रोन अन्य भेरियन्ट भन्दा तीव्र गतिमा फैलिने भएकाले कोरोना सङ्क्रमणको सुनामी नै आउन सक्ने चेतावनी दिएको छ ।

Related posts

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349