भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप ५ हजार ९ सय १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ७ जनाको निधन भएको भिक्टोरीया स्वास्थ्य बिभागले जनाएको छ।
सोहि अवधि भर ६६ हजार ७ सय ७४ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या २८ हजार ४४ सय रहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ९८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या ५० लाख ३२ हजार ८ सय ६१ पुगेको छ।
पछिल्लो २४ घण्टामा न्यु साउथ वेल्समा २१ हजार १ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टामा १ लाख ४८ हजार ४ सय १० जनाको कोरोना परीक्षण गरिएको छ। सोही अवधीमा न्यु साउथ वेल्समा कोरोनाबाट ६ जनाको मृत्यु भएको छ ।