eNepal

भिक्टोरीयामा कोरोना संक्रमितको संख्या पाँच हजार नाघ्यो, १३ जनाको निधन

भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप ५ हजार १ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १३ जनाको निधन भएको भिक्टोरीया स्वास्थ्य बिभागले जनाएको छ।

त्यस्तै बार्ह बर्ष माथी उमेर समूहका ९२ प्रतिशत भिक्टोरीयनहरुले खोपको दुबै मात्रा लगाएका छन्।

सोहि अवधि भर ८१,०९३ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या २३ हजार ८ सय ३३ रहेको छ । 

अस्पतालमा सक्रिय कोभिड-१९ संक्रमीतको संख्या ३९५ रहेको छ जसमध्ये ५५ जना सघन उपचार कक्षमा र २३ जना भेन्टिलेटरमा रहेका छन्। थप ४५ जना सघन कक्ष (आईसीयू) मा रहेको स्वास्थ्य विभागले जनाएको छ तर उनीहरुको संक्रमणलाई सक्रिय मानिएको छैन ।हिजो जाँच गरिएको ८१,०९३ परीक्षण नतिजाबाट नयाँ केसहरू फेला परेका हुन्।

त्यसैगरी हालसम्म १ लाख ४४ हजार ९७ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ७५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या ५० लाख २९ हजार  ४७ पुगेको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

Manoj Poudyal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

Manoj Poudyal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

Manoj Poudyal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

Manoj Poudyal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349